वि.सं.२०८१ साउन ६ आइतवार

रोशनी काण्डपछि सुन तस्करी प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ । उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याउने तयारी छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सुन तस्करी प्रकरण : आयोगले कृष्णबहादुर महरासँग बयान लियो

सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।  र, यसअघि महरा रोशनी काण्डमा समेत मुछिएका थिए ।

काण्डको भुमरीमा महराका बाबुछोरा : चिनियाँसँग ५० करोडको डिल, सुन तस्करीको आरोपले हैरान् !