काठमाडौं । अवैध सुन तस्करी प्रकरणसम्बन्धी जाँचबुझ आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग आज बयान लिएको छ ।
आयोगले ब्रेक प्याडमा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणका विषयमा महरालाई आज सिंहदरबारमा बोलाएर बयान लिएको हो । आयोगले झण्डै २ घण्टा बयान लिएको छ ।
याे पनि….
काण्डको भुमरीमा महराका बाबुछोरा : चिनियाँसँग ५० करोडको डिल, सुन तस्करीको आरोपले हैरान् !
महरा भेपमा हालेर ल्याइएको ९ किलो सुन प्रकरणमा जोडिएका व्यक्ति हुन् । सुन तस्करका मुख्य नाइके भनिएका दाओजिन वाङसँग महराको सम्पर्क भएको देखिएको र स्वयं महराले पनि भेटघाट र कुराकानी भएको स्वीकार गरेका थिए ।
उक्त प्रकरणमा उनका छोरा राहुल अहिले पुर्पक्षका लागि थुनामा छन् ।
भण्डारीसँग हाल पुपक्षका लागि थुनामा रहेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुराकानी भएको पाइएपछि बयान लिइएको हो ।
आयोगले ६० किलो सुन तस्करी र भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको हो ।