वि.सं.२०८१ असार १ शनिवार

कक्षा १२ को नतिजा आज नआउने

कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक नहुने भएको छ । तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने भएकाे हाे ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ‘दिनभर लगाएर पनि टेक्निकल प्रोसेस हुन सकेन, सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन गर्न सकिने बताए । ‘भोलि कति बेला टेक्निकल काम सकिन्छ । त्यसपछि सम्भवतः भोलि सार्वजनिक गर्छौ होला । अहिले नै यहि मितिमा सार्वजनिक गर्छौ भनेर भन्न सकिने अवस्था छैन्,’ अध्यक्ष शर्माले भने ।

बोर्डले आज नतिजा प्रकाशन गर्ने तयारी गरेको थियो । त्यसका लागि साढे ३ बजे बोर्ड बैठक समेत बोलाएको थियो । तर, प्राविधिक प्रक्रिया नै नसकिएकाले आजलाई रोकिएको हो ।

बोर्डले आजै मोबाइलबाट नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो ।

बोर्डले https://neb.ntc.net.np/ ​ मा गएर नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो । त्यस्तै आईभीआर सिस्टम अन्तर्गत लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर नतिजा हेर्न सकिनेछ । भने १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।