राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।
बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बाेलाएको छ ।
गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए ।