वि.सं.२०८१ असार १ शनिवार

सिराहामा प्रशासनको सूचनालाई धजिया उडाउदै अश्लील नाच, झडप हुदा ३ घाइते

सिरहामा विश्वकर्मा पुजाको उपलक्ष्यमा केटी नृत्य नाचमा झडप भएको छ ।

जिल्लाको बिष्णुपुर गाउँपालिका -३ मा विश्वकर्मा पुजाको उपलक्ष्यमा केटी नृत्य नाचमा झडप भएको हो।

नाच गानकै क्रममा दुई पक्ष बिच झडप हुदा स्थानीय राम पुजन यादब,जितेन्द्र दास र सत्रुधन यादब घाइते भएको प्रहरिले जनाएको छ ।

घाइते भएका उनीहरुको टाउको,हात र खुट्टा मा गम्भिर चोट लागेको छ। उनीहरूलाई उपचारको लागी जिल्ला अस्पताल सिरहा पठाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले आर्केश्ट्रा जस्ता केटी नृत्य अश्लील नाच नचाउन सुचना नै जारी गरि निषेध गरेको छ ।

तर उक्त सूचनालाई धजिया उडाएर बिष्णुपुर लगायत सिरहाको बिभिन्न ठाउँमा अश्लील गितमा केटी नृत्य नाच भइरहेका छन ।