रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं ५ एक होटलमा खुलेआम अश्लिल यौन धन्दा चल्दै आएपनि स्थानीय सरकार र प्रशासन मौन रहँदै आएको छ।
याे पनि….
प्रहरी प्रशासनकाे मिलेमतोमा सिरहाका होटल-लजमा खुलेयाम यौनधन्दा
मौलापुर बजारको उक्त होटलमा महिलालाई यौनकर्मीको रुपमा राखेर यौन धन्दा हुँदै आएको स्थानीयको आरोप छ ।
स्थानीयले कयौं पटक यो मुद्दा उठाउदा पनि जनप्रतिनिधि र प्रहरीले केही गर्न नसकेको उनीहरुको गुनासो छ।

होटल संचालनदेखि यौनधन्दाका मुख्य नाईके वडा नं ५ कै प्रमोद साह र दयाशंकर साह भएको स्रोत बताउछ।
आफुलाई विकास पुरुष भन्दै प्रचार गर्दै हिड्ने पूर्व संसद प्रभु साह धाकधम्कीले स्थानीय जनता नबोलेको एक स्थानीयको भनाई रहेको छ। मौलापुरको नगरप्रमुख साह कै श्रीमती हुन् ।
नोट : यो समाचारको फलोअप समाचार केहि समय मै प्रकाशित हुने छ ।
































