वि.सं.२०८१ असार १ शनिवार

प्रशासकीय अधिकृतलाई एमाले नेता राईले दिए ज्या*न मा*र्ने ध*म्की (अडियाेसहित)

धनकुटाको पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई नेकपा एमालेका निवर्तमान सांसद राजेन्द्र राईले ज्यान मार्ने धक्की दिएको भन्दै कर्मचारीहरुले सेवा ठप्प पारेका छन्।

घटनाको छानबिन र कानुनी कारबाहीको माग गर्दै नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुले सेवा अवरुद्ध गरेका हुन्।

हिजो साँझ सांसद राईले फोनमार्फत धम्की दिएको अडियाे सार्वजिनक भएकाे छ।

उक्त घटनाबारे आज एक विज्ञप्ती जारी गर्दै सांसद राईले अपमानजनक, अभद्र, असभ्य र अराजकतवरले जिउ ज्यान मार्ने धम्की दिएको बताएका छन्।

विज्ञप्तीमार्फत नै आफ्नो ज्यानको सुरक्षाको माग समेत गरेका छन्।

यो घटनाको अनुसन्धान र कानुनी कारबाही अघि बढाउन माग गर्दै आजदेखि सम्पूर्ण कर्मचारीहरुले काम छोडेपछि सेवा अवरुद्ध भएको छ।