वि.सं.२०८१ माघ २६ शनिवार

थलारा गाउँपालिकाले भ्रमणमा मात्रै १० लाख खर्च गर्‍याे

बझाङको थलारा गाउँपालिकाले मुस्ताङ भ्रमणका क्रममा १० लाख खर्च गरेको छ ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकार गरी झन्डै ४८ जनाको टोलीले एक सातामा १० लाख खर्च गरेको हो ।

भ्रमणमा ९ जना वडा सचिव, १७ जना जनप्रतिनिधि २ पत्रकार र बाकी कर्मचारी सहभागि थिए।

सात दिनको ‘अध्ययन, अवलोकन’ भ्रमण भनिए तापनि गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित, सूचना अधिकारी प्रकाश भण्डारी लगायत केही कर्मचारी भने अझै बझाङ फर्किसकेका छैनन् ।

पालिकानै रित्तै गरेर भ्रमणमा गएपछि सामाजिक संजालमा यसको चर्को बिरोध समेत भएको थियो ।

साउन ९ गतेदेखि सुरु भएको उक्त भ्रमणको चर्को बिरोध भएपनि किन भ्रमण गरिएको थियो र, के उपलब्धि भयो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन ।