ललितपुर महानगर वडा १५ मा रहेको संरक्षित क्षेत्रको करिब १७ वटा रुख स्विकृती बिना काटिएको विषयमा वडाध्यक्ष सुरेश शाहीले बारम्बार झुटो बयान दिने गरेका छन् ।
रुख कटान गरिएको जग्गा रहेको स्थान कित्ता नम्बर ५/श ७२ को १ रोपनी १ आना जग्गा मालपोत कार्यलयमा नेपाल सरकारको नाममा रहेको छ ।
तर वडाध्यक्ष शाहीले भने ललितपुर महानगरले सोधेको स्पष्टिकरणमा उक्त जग्गा व्यक्तिगत रहेको बयान दिएका थिए ।
उनको झुटो बयानको शिलशिला महानगरको स्पष्टिकरणमा मात्र सिमित भएन ।
जिल्ला वन कार्यालय ललितपुरले मागेको जानकारीमा पनि वडाध्यक्ष शाहीले उक्त जग्गा व्यक्तिगत नै भएको झुटो जानकारी दिएको जिल्ला वन अधिकृत राम कुमार भण्डारीले बताए ।
उक्त जग्गा व्यक्तिगत नभइ नेपाल सरकारको नाममा रहेको बारे आफू पनि जानकार रहेको अधिकृत भण्डारीले जानकारी दिए ।
वन कार्यालयले उक्त घटनाको अनुसन्धान गरिरहेको र उपर्युक्त प्रमाणका आधारमा मुद्दा दायर गरिने पनि अधिकृत भण्डारीले जानकारी दिए ।
ललितपुर महानगर वडा १५ सातदोबाटोमा अवस्थित भेल्पा मन्दिर परिसरको रुख सम्बन्धित निकायको स्विकृती बिना कटान गरिएको थियो ।
यसमा आफ्नो संलग्नता नरहेको वडाध्यक्ष शाहीको दाबी रहेपनि उनले दिने गरेका बयानमा सार्वजनीक जग्गालाई व्यक्तिगत भएको रहने गरेको छ ।
सार्वजनीक जग्गालाई व्यक्तिगत रहेको बयान दिइनुले पनि वडाध्यक्ष शाही कै मिलेमतोमा उक्त रुखहरु कटान गरिएको स्पष्ट हुन्छ ।