वि.सं.२०८२ फागुन २७ बुधवार

पवित्र फूल..!

पवित्र फूल
पवित्र फूल म
तिमी नछुने भन्छौ
म, न फूले
तिमी कसरी बन्छौ ?

तिम्रो अंग-अंग
मैले, सिचेकी छु
तिम्रो नसा -नसामा
म, बग्दैछु
अझै, भन्दै छौ कि, पर सरेकी छरे-२
पवित्र फूल म
तिमी नछुने भन्छौ
म, न फूले
तिमी कसरी बन्छौ ?

तिमी, महापुरुष भयौ
अनि, म आईमाई
बिर्स्यौ सुगन्ध पवित्र फूलको
अनि, भन्छौ रे छुई भइछ नि -२
पवित्र फूल म
तिमी नछुने भन्छौ
म, न फूले
तिमी कसरी बन्छौ ?

छाउगोठ त भत्किन सक्छ
तर तिम्रो मनका
ति, अठोटहरु
कसरी भत्काउनु
भनन कसरी भत्काउनु ?
अझै ‘पोथी’ बास्नु हुन्न भन्छौ रे-२
पवित्र फूल म
तिमी नछुने भन्छौ
म, न फूले
तिमी कसरी बन्छौ ?

जन्म देखी मृत्यु सम्म
तिम्रै, धड्कन संगै चल्दै छु
म, बिना अधुरो तिम्रो
यो जीवनरुपी यात्रा
तापनि, मैले छुनु हुन्न भन्छौ रे । -२
पवित्र फूल म
तिमी नछुने भन्छौ
म, न फूले
तिमी कसरी बन्छौ ?

लेखक : तारा तामाङ, सुनाखरी
भिमेश्वर नगरपालिका, दोलखा
हाल काठमाडौ ।

याे पनि पढ्नुहाेस्…..

म प्रकृति..!