वि.सं.२०८१ माघ ६ आइतवार

देब्रे हात भाँच्चिएका सुनीलकाे दाहिनेमा प्लास्टर, काइते बिज्ञप्ति निकालेर पन्छिन खाेज्दै बझाङ अस्पताल

देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा पलास्टर गरिएको कुराले बझाङ जिल्ला अस्पतालकाे बदनाम भएकाे छ ।

जिल्ला अस्पताल बझाङमा कार्यरत स्वास्थ्यकर्मीको लापर्बाहीले अस्पतालका कर्मचारीहरूकाे बदनाम तथा आलोचना भइरहेकाे हाे ।

ती बालक बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् ।

आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका दौल्याललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए ।

सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनीललाई वार्डमा भर्ना हुन लगाए ।

नर्सहरूले हातमा पलास्टर गर्नुपर्ने भनेर बालकलाई अर्को कोठामा लगे ।

भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताए ।

पलास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै गल्ति लुकाउन तिर लागे, खड्का ।

तर, अस्पतालले आफ्नाे गल्ती लुकाउन धम्कीपूर्ण हिसावले एउटा विज्ञप्ति निकालेकाे छ । उक्त विज्ञप्तिमा भनिएकाे छ, कि सामाजिक सञ्‍जाल तथा विभिन्न समाचारमा फैलिएका अन्य अफवाहको पछी नलाग्न हुन सम्पूर्ण जनमानसमा अनुरोध तथा सो कार्यमा संलग्न कर्मचारीहरु माथि छानबिन गरि आवश्यक कार्वाही गरिने र आगामी दिनमा यस्तो त्रुटी हुन नदिन अस्पताल परिवार कटिबध्द रहेको बताएकाे छ । तर यस्ताे कतिदिनसम्म याे अस्पतालकाे शासन चल्छ हाेला । याे घटनाकाे बिषयमा सर्ब साधारण जनताहरूकाे मनमा डर पैदा भएकाे छ ।

जिल्ला अस्पतालमा काम कम राजनीति बढी गर्छन्, त्यहाँ कार्यरत डाक्टरहरू । जनताको करबाट आफ्नो सेवा सुबिधा लिने डाक्टर जनता प्रतिको आफ्नो कर्तव्यमा यसरी नै च्युत हुँदै जाने हो भने जनताको नजरमा गिरेर कसरी अगाडि बढ्न सक्लान् ? के जनताको सहयोग बिना नेताकै गुलामी र भजन गाएर डाक्टर अगाडि बढ्न सम्भव छ ? हैन, यस्ता कर्मचारीलाई कार्वाही नगरी उल्टै काइते बिज्ञप्ति निकालेर कानमा तेल हालेर बसेकाे छ, जिल्ला अस्पताल बझाङ ।

यस्ता गल्ति गर्नेलाई यो देशमा कानून छ कि छैन । के हेरेर बसेको छ । मेडिकल काउन्सिल लगायतका संस्थाहरू ।