वि.सं.२०८१ असोज २६ शनिवार

अपराधीलाई संरक्षण गर्ने एसपी बामदेव गौतम

राजनीति र आर्थिक चलखेलमा लिप्त

पछिल्लो समय हेटौंडामा अपराधको ग्राफ बढ्दो छ । दिनदहाडै खुकुरी प्रहार हुँदा समेत मकवानपुर प्रहरी अपराधी समात्न आनाकानी गर्ने गरेको छ ।

गत मङ्सिर २५ गते बागमती प्रदेशको अर्थ मन्त्रालय अगाडि स्थानीय व्यवसायी डानियल न्यौपानेमाथि चक्कु प्रहार भयो । त्यस्को केहि दिनपछि बसपार्कमा चक्कु हानियो ।

तर घटनामा सम्लग्न व्यक्तिहरलाई प्रहरीले पक्राउ गर्न आनाकानी गर्ने गरेको छ । अपराधी खुलेआम हिड्दा समेत नदेखेझै गरेर मकवानपुर प्रहरी बस्ने गरेको छ ।

डानियलमाथि चक्कु प्रहार भएको २ हप्तापछि मात्र सो घटनामा सम्लग्न चार जनामध्ये ३ जनालाई प्रहरीले पक्राउ त गर्यो । तर, मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतम पक्राउ परेकाहरु धरौटीमा छुट्ने भन्दै हिंड्न् थाले ।

यहीँबाट प्रष्ट हुन्छ कि एसपी गौतम पीडितलाई न्याय दिनुको सट्टामा पिडकलाई उन्मुक्ति दिने खेलमा लागे । राजनीतिक शक्तिको आडमा गौतमले ज्यान मार्ने कसुरमा मुद्दा दर्ता हुँदाहुँदै त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

यसरी एसपी गौतम पैसाको लेनदेनमा अपराधीलाई जोगाउन लागिपर्दा नजिकै रहेको प्रदेश प्रहरी कार्यालयले चासो राखे पनि केहि गर्न सकिरहेको छैन ।

न्यौपानेमाथि चक्कु प्रहार गर्नेहरुमा हेटौंडाका सुवर्ण लामा, असिम बर्तौला, हेमन्त थापा र राजकुमार रायमाझी हुन् । जसमा रायमाझीलाई अझै प्रहरीले पक्राउ गरेको छैन । प्रहरीले खोजेको जस्तो गरे पनि पक्राउ गर्न आनाकानी गरिरहेको छ । एसपी गौतमसँग नै रायमाझी सम्पर्कमा रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

जसले गर्दा पीडित न्यौपाने न्याय पाउने कुरामा शंका गर्छन् । आफुमाथि चक्कु हान्ने मध्येका सुबर्ण लामा र राजकुमार रायमाझीले खुलेआम धम्की दिएको खबर एसपी गौतमलाई गर्दा समेत वास्तै नगरेको दुखेसो पोखे ।

एसपी गौतम एक नम्बरको घुसिया प्रहरी भएको उनलाई नजिकबाट चिन्ने केहि प्रहरी अधिकारीहरु बताउँछन् । पीडितको घाउमा मल्हम लगाउन भन्दा पिडकबाट पैसा लिएर केस मिलाउन लागिपर्ने प्रहरीको रुपमा चिनिन्छन एसपी गौतम ।

मकवानपुर सरुवा भएर गएको बेला एसपी गौतमले अपराधिक घटना न्युनिकरण र शान्ति सुरक्षा कायम गर्न कुनै कम्प्रोमाइज नगरिने दाबी गरेका थिए । तर, त्यसको ठिक उल्टो गर्दै मोटरसाइकल वर्कसपबाट समेत पैसा उठाउने गरेका छन् ।

एसपी गौतम नेपाली कांग्रेसका नेताको संरक्षणमा अपराधीक गतिविधिमा संलग्नहरुलाई उन्मुक्ति दिने चलखेलमा लाग्ने गरेको प्रहरी अधिकृतहरु नै बताउँछन् ।

राजनीति र आर्थिक चलखेलमा लिप्त हुने एसपी गौतम मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी लिएर गएदेखि त्यहाँ अपराधीक गतिविधि बढेको तथ्यांकले पनि देखाउँछ ।