वि.सं.२०८१ माघ ६ आइतवार

‘तपस्वी’ बम्जनको घरमा भेटिए १७ देशका मुद्राहरु

‘तपश्वी’ रामबहादुर बम्जनको घरमा विभिन्न १७ देशका पैसामा भेटिएको छ ।

बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएकाे हाे ।

प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा (हिजो) उनको काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउमा परेका थियो।

थप अनुसन्धानको क्रममा उनको घरबाट पैसा बरामद गरिएको पनि सिआईबीका एक प्रहरी अधिकारीले जानकारी दिएका हुन् ।

उनका अनुसार बरामद गरिएका नगदमध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६ हुन्छ ।

त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ ।

विशेष गरेर २०७६ सालमा सर्लाहीमा एक जना नाबालिकालाई बालयौन दुराचार बलात्कारको केशमा निज रामबहादुर बञ्जनको खोजी भईरहेको अवस्था थियो ।

बम्जनलाई पक्राउ गर्दाखेरी निजको निवासबाट ठूलो संख्यामा नेपाली रुपैयाँ टोटल ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ विभिन्न देशका मुद्राहरुको नेपाली रुपैयाँमा कन्भर्ट गर्दाखेरी ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको थियो। र यो नगदको साथसाथै अन्य थुप्रै सामानहरु बरामद गरिएको छ ।

जसमा मोबाइल १४ थान, आईप्याड ५ थान र निजको साथमा २ वटा गाडीहरु र ४ वटा मोटरसाइकल पनि रहेको पाइएको छ ।

यो पनि…

‘तपस्वी’ बम्जन कर्याप्यै !