वि.सं.२०८१ माघ ६ आइतवार

रश्मिलालाई ब्ल्याकमेल, अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम निलम्बित

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्थायी कमिटी सदस्य रक्षा भनेर चिनिने राजमति बमलाई निलम्बन गरेको छ ।

आपराधिक लाभको कसुरमा पक्राउ परेपछि बमलाई अनेरास्ववियुले निलम्बन गरेको हो ।

अनेरास्वियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै अनुसन्धान अवधीभरको लागि रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले निष्पक्ष प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । यो प्रक्रिया अवधिभर रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौं ।’ पक्राउ परेको विषयमा समाचार प्रकाशित भएपछि अनेरास्वियुले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।‘सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरु माथि उजुरी परेकै आधारमा निजी जीवन माथि आक्रमण गर्ने, अनुमानका आधारमा शिर्षक बनाएर चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित गर्ने र अनुन्धानलाई प्रभावित पार्ने कार्य भईरहेकोमा उक्त गतिविधीहरुमा संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

बमलाई  प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला धामीले दिएको जाहेरीपछि बमलाई  प्रहरीले राजधानीबाट पक्राउ गरेको थियो ।

अनधिकृत रुपमा मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसुर गरेको भन्दै बमविरुद्ध उजुरी परेको थियो ।

उनलाई मुद्दा हाल्ने रश्मिला धामी पनि प्रहरीको फरार सूचीमा छन् । हालै अदालतले बमको मानहानी गरेको मुद्दामा धामी दोषी ठहर भएकी थिइन् । बम पक्राउ परेपनी बमले मुद्दा हालेकी धामी पक्राउ परेकी छैनन् ।

रश्मिला धामी केही सयम अघि नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरसँग नाम जोडिएर चर्चामा आएकी थिईन् ।

महर र रश्मिलाकाे सम्बन्धमा बम बाधक बनेपछि विवाद चुलिएकाे चर्चा समेत चलेकाे थियाे ।

बम र धामी साथी भएकाे बताइन्छ भने महर र रश्मिलाबीचकाे अडियो सम्वाद समेत बाहिरिएको थियाे ।

पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती

याे पनि…

रश्मिलालाई ब्ल्याकमेल गरेपछि अनेरास्ववियु नेतृ रक्षा प्रहरीद्वारा च्याप्यै..!

‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’