वि.सं.२०८१ जेठ ६ आइतवार

किर्ते काण्डले नाउपा सुदूरपश्चिममा नयाँ लफडा

धनगढी । नागरिक उन्मुक्ति पार्टी सूदुरपश्चिम प्रदेशमा नयाँ लफडा सिर्जना भएको छ । उक्त पार्टीले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको विधाननै नबनाएको पुष्टी भएपछि नयाँ लफडा सिर्जना भएको हो । अहिले सुदूरपश्चिमभित्र यही कुरालाई लिएर नयाँ तरंग समेत सिर्जना भएको छ ।

सामाजिक संजालतिर सो पार्टीका सांसदहरुलाई त्रसित गर्न नक्कली हस्ताक्षर गरेर विधान भाईरल समेत गराईएको छ । प्रदेश संसदीय दलको कार्यालयबाट प्रदेश सभा सदस्य टिका थापा र कैलाश चौधरीको हस्ताक्षर अन्य कुनै कागजात बाट कपी गरेर राखीएको भेटिएको छ ।

सामाजिक संजालमा भाईरल भएका दुईवटै विधानमा सांसदहरुको हस्ताक्षर कपि पेस्ट भएका छन् । यस्तै रेशम चैधरी पक्षधर सांसदहरुले अहिले बनाएको विधानलाई पुरानो मितिमा प्रदेश सभा सचिवालयमा दर्ता गर्न सचिवलाई दवाव दिईरहेको श्रोतको दाबी छ ।

प्रदेश सरकारका कामचलाउ भुमिव्यवस्था तथा कृषि मन्त्रीका स्वकीय सचिव नबिन थापाले सचिव देव बोगटीलाई निरन्तर दबाब दिरहेको कुरा बाहिर आएको छ । सो पार्टीले प्रदेश सभा सचिवालयमा पार्टीको विधान पेश गरेको छैन । मन्त्रीका स्वकीय सचिव थापा सचिब बोगटी निकट मानिन्छन् ।

भाईरल विधानहरुमा पार्टीको छाप समेत कपि पेष्ट भएको भेटिएको छ । उक्त पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जीता श्रेष्ठले पहिले सामाजिक संजालमा भाईरल भएको विधान नक्कली भएको स्टाटस हालेपछि छाप भएको अर्को विधान सामाजिक संजालमा छताछुल्ल भएको थियो । सो विधानका सबै हस्ताक्षरहरु कपि पेष्ट भएको श्रोतको दावि छ । यी सबै काम सो पार्टीको संसदीयदलको कम्युटर अपरेटर निम्मुराम चौधरीले गरीरहेको बताईएको छ ।
नागरिक उन्मुक्ती पार्टी सत्तागठबन्धनमा सहभागी हुने नहुने भन्ने विवाद उत्कर्षमा पुगिरहेको बेला नक्कलीहस्तारक्षर काण्ड बाहिरिएको हो । केन्द्रीय अध्यक्षले प्रदेश समानुपातीक सांसद इन्दीरा गिरीलाई पदमुक्त गरेकी छन् भने संसदीयदलका नेता घनश्याम चौधरीलाइ हटाएर कैलाश चौधरीलाई नियुक्त गरेकी छन् ।

यस विषयमा संसद सचिवालयका सचिव बोगटीलाई खप्तड टि.भिबाट सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।