वि.सं.२०८१ जेठ ६ आइतवार

नेपाली महिलालाई कुवेत बठाउने भनेर श्रीलंका पुर्योउने गाउँपालिका अध्यक्ष समातिए

काठमाडौ । नेपाली महिलालाई कुवेत पठाउने भनेर श्रीलंका पुर्याउने रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले समातेको छ । उनलाई पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले पुष्टि गरे ।

अध्यक्ष घलेमाथि मानव बेचविखन विरुद्धको कसुर गरेको आरोप लागेको छ । २०७३ साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको अनुसन्धानबाट खुलेको छ । सो घटनामा संलग्न अरु दुई जना अहिलेसम्म फरार छन् ।