वि.सं.२०८१ जेठ ६ आइतवार

बझाङमा एमाले अतालिएको छ, समाजवादी सुदूरपश्चिम इन्चार्ज गरिमा शाह

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज गरिमा शाहले बझाङमा एमाले अतालिएको टिप्पणी गरेकी छन् ।

परस्त्री लम्पट ऐन महरकाे अर्काे घिनलाग्दाे हर्कत

बझाङ प्रदेश (क) को उपनिवार्चनलाई लिएर एमालेका केन्द्रीय सदस्य ऐन महरले भ्रामक सूचना जारी गरेको भन्दै सचिव शाहले आपत्ति प्रकट गरेकी हुन् ।

‘बझाङमा एकीकृत समाजवादीको लहर बढेको छ। हामीले चुनाव जित्दैछौं। यहीं माहोल बिगार्नका लागि एमालेका जिम्मेवार नेताहरूले अफवाह फैलाईरहेका छन्।’ उनले भनिन् ।

‘बझाङमा एमाले अतालिएको छ। हतास मनस्थितिमा देखिन्छ। एकीकृत समाजवादी एक्लै चुनाव जित्ने ल्याकत राखेर अगाडि बढिरहेको छ। आममतदाता, पार्टी पंक्ति र सर्वसाधारण सबैलाई अनावश्यक भ्रममा नपर्न अनुरोध गर्दछु।’ नेता शाहले खप्तडटिभीसंग भनिन् ।

त्यस्तै बझाङ पार्टी कमिटीले पनि एमालेले भ्रामक हल्ला चलाएर मतदातालाई झुक्याउन खोजेको आरोप लगाएको छ।

बझाङमा दिलबहादुर सिंहले चुनाव जित्ने यस्तो छ आधार

जिल्ला कमिटी सचिव लक्ष्मी प्रसाद जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले नेकपा (एकीकृत समाजवादी) को विजय हुने सुनिश्चित देखेपछि हडबढाएर मतदातालाई भ्रमित बनाउन सामाजिक सञ्जालमा लेखेको स्टाटस भ्रामक, गलत र आचारसंहिता विपरीत भएको हुँदा हाम्रो पार्टीको ध्यान आर्कषण भएको छ। यसको खण्डनका साथै घोर भर्त्सना गर्दछौं।’

विज्ञप्तिमा अगाडि भनिएको छ,‘आम मतदाताको माया र स्नेहले हामी हर्षित भएको बेला हाम्रा कुनै पनि नेता कार्यकर्तासँग सरोकार नराखी कसैले वार्ता नगरेको बेला मनगढन्ते रूपलाई आधिकारीक पत्र बिना अपवाह फैलाउने कार्य दण्डनिय हो।

यसको सम्बन्धित निकायले कारबाही नगरे, समाजमा हुने आगामी घटनाको जिम्मा लिन आग्रह गर्दै हाम्रा नेता कार्यकर्ता र मतदान कटिवद्ध भई चुनावी मैदानमा डटी रहन यो विज्ञीतीमार्फत हार्दिक जानकारी गर्दछौं।’