वि.सं.२०८१ जेठ ६ आइतवार

पूर्व सिपाहीकी साली हराएपछि भेना तनावमा (भिडियाेसहित)

दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित हुन्छौं । करियरको कुराले, पैसाको कुराले, विफलताको कुराले, साथीभाईको कुराले, शारीरिक रोगको कुराले, छोराछोरीको कुराले, परिवारको कुराले ।

मानविय जीवनमा चिन्ता हुनु स्वभाविक हो । हामी चेतनशिल छौं, चिन्ता हुन्छ नै । तर, जब चिन्तालाई व्यवस्थापन गर्न सक्दैनौं, त्यसले हामीलाई मानसिक रोगी बनाउँछ । किनभने चिन्ता एक किसिमको मानसिक विकार हो ।

नेपालीमा उखान नै छ, चिन्ताले चितामा पुर्‍याउँछ । अर्थात चिन्ताले शरीरलाई जिर्ण र रोगी बनाउँछ । यसले हामीलाई सामाजिक जीवनबाट अलग गराउँछ । के विश्लेषण गरिएको छ भने, अबको केही बर्षपछि विश्वको सबैभन्दा ठूलो शारीरिक समस्यामा चिन्ता वा डिप्रेसन देखापर्नेछ ।

चिन्ताको गहिरो रुप डिप्रेसन हो । डिप्रेसन मानसिक समस्या हो । न यसको उपचार औषधीले मात्र संभव छ । न शल्याक्रिया गरेर नै । किनभने मानसिक व्यवस्थापन नै यसको सबैभन्दा प्रभावकारी विधि हो । तर, चिन्ताग्रस्त व्यक्तिलाई मानसिक रुपले ठिकठाक आवस्थामा ल्याउन सजिलो भने छैन ।

डिप्रेसनको परिबेश त्यतिबेला हुन्छ, जब हामी जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्न थाल्छौं । जब यो चरम अवस्थामा पुग्छ, मानिसलाई आफ्नो जीन्दगी बेकार लाग्न थाल्छ र बिस्तारै विस्तारै मानिस डिप्रेसनको स्थितिमा पुग्छ ।

चिन्ता र तनावका कारण शरीरमा कति हार्मोन्सको तह बढ्छ, जसमा एडि्रनलीन र कार्टिसोल प्रमुख छन् । लगातार तनाव र चिन्ताको स्थिति बिस्तारै डिप्रेसनमा परिणत हुन्छ ।

अब बिषय बस्तु सुरू गराैं : नेपाली सेनाका एक पूर्व सिपाहीलाई अहिले त्यस्तै भएको छ । साँगाको नलिञ्चोकका बिहानीप्रसाद अधिकारी अहिले निकै तनावमा छन् ।

दोलखाको भीमेश्वर नगरपालिका–७ की रेनु फुँयाल अथवा अधिकारीकी साली आइतबारदेखि हराइरहेकी छन् । बिहान कोठाबाट निस्किएकी अहिलेसम्म पनि फर्किएकी छैनन् । उनी बेपत्ता भएपछि परिवारले बिहानीप्रसादलाई तनाव दिइरहेका छन् ।

आफ्नी दिदीलाई लुकाएको भन्दै रेनुको भाइले दोष लगाइरहेका छन् । फोन गरेर धम्काउने, तर्साउने गर्न थालेपछि उनलाई कहाँ जाऊँ र के गरुँ ? भएको छ । रेनुले छातीनेर बिहानीप्रसादको ‘ट्याटु’ खोपेको तस्बिर भेटेपछि परिवारका सदस्यले उनलाई फोन गरेर धम्की गर्न थालेको हो ।

कुराे के हाे ?

साँगाको नलिञ्चोक घर भएका बिहानीप्रसाद दोलखाको चरिकोटस्थित मामाघर बसेर पढेका हुन् । उनको मामाघर र रेनुको घर नजिकै छ । उनीहरु पहिलेदेखि नै साथी थिए । बिहानीप्रसादले आफ्नै घर नजिकैको महिलासँग विवाह गरे । रेनुको विवाह हेमप्रसाद फुँयालसँग भयो ।

रेनु उनकी श्रीमतीको बहिनी नाता पर्ने भएकाले बिहानीप्रसादले साली भन्थे । सेनाको सिपाहीमा कार्यरत उनले द्धन्द्धकालमा जागिर छोडे । परिवारबाट दबाब आएपछि उनले सेनाको जागिर छोडेर सेक्युरिटी गार्डको काम गर्न थाले ।

तर, कमाइ राम्रो नभएपछि उनी साउदी अरेबिया पुगे । उनको एक छोरा र एक छोरी छन् । दुई वर्ष साउदीको बसाइँपछि घर फर्किएका बिहानीप्रसादले श्रीमतीबाट राम्रो व्यवहार पाएनन् । कोहीसँग बोलेपनि शंका गर्ने, फोन चेकजाँच गर्नेलगायतका कार्य गर्न थालेपछि उनी छुट्टिएर बस्न थाले ।

रेनु र हेमप्रसादबीचको सम्बन्ध पनि त्यति राम्रो थिएन् । हेमप्रसाद मदिरा सेवन गरेर उनलाई पिट्थे र विभिन्न आक्षेप लगाउथे । त्यसपछि ‘डिप्रेशन’ मा गएकी उनी औषधी खाँदै आइरहेकी थिइन् । दुई सन्तानसहित काठमाडौंको जडीबुटी बस्दै आएकी उनी पछिल्लो समय टेकुस्थित सिसा पसलमा काम गर्थिन् ।

बिहानीप्रसाद एक्लै मूलपानी बस्छन् । उनका छोराछोरी श्रीमतीसँगै छन् । श्रीमती र उनको बोलचाल नभएको लामो समय भइसकेको छ । रेनुले यसअघि आत्महत्याको प्रयास पनि गरेको बिहानीप्रसाद बताउँछन् ।

‘डिप्रेशन’ को औषधी खाँदै गर्दा रेनुले हात काट्ने, आफैंलाई हानिनोक्सानी पुर्याउनेलगायतका कार्य गरेको उनको भनाइ छ । उनका अनुसार रेनु ‘डिप्रेशन’ मा हुँदा बोलचाल शुरु भएको हो ।

‘उनले औषधी खाइरहेकी रहेछिन् । त्यतिबेला मेरो उनीसँग कुराकानी भएको हो । उनले मसँग केही समय बोलिदिनु, तनाव कम हुन्छ भनेपछि बोल्न थालेको हुँ । मैले बोल्दा कसैको तनाव कम हुन्छ भने ठीकै छ भन्ठाने । अहिले मलाई साह्रै तनाव भएको छ’, उनले भने ।

गत फागुन ७ गतेबाट रेनुको अत्तोपत्तो छैन् । बिहान घरबाट निस्किएकी उनी फर्किनन् । उनको भाइ बताउने गणेश भन्ने व्यक्तिले फोन गरेर धम्काउने, तर्साउने गरेको बिहानीप्रसाद बताउँछन् । रेनुले आफ्नो छातीनेर बिहानीप्रसादको नामको ‘ट्याटु’ खोपेको तस्बिर भेटेपछि गणेशले आफ्नी दिदीलाई लुकाएको आरोप लगाएका हुन् ।

उनी भन्छन्,‘म यसअघि साउदी जाँदा उनले ट्याटु खोपेकी रहेछिन् । मलाई कुनै जानकारी नै थिएन् । उनले फोनमा सरप्राइज भनेर देखाएपछि मैले किन खोपेको ? भने । उनले खोप्न मन लागेर भन्ने जवाफ दिइन् । त्यो तस्बिर उनको टिकटक, फेसबुकमा पनि छ । अहिले त्यही तस्बिर देखाएर मलाई आरोप लगाइरहेका छन् ।’

बिहानीप्रसाद साउदीबाट आएको एक वर्ष हुन लाग्यो । स्वास्थ्यमा समस्या देखिएपछि फर्किएका उनी उपचाररत थिए । दुई साताअघिदेखि उनले सेक्युरिटी गार्डको जागिर थालेका छन् । रेनु हराएपछि बिहानीप्रसाद जागिरमा जानै छोडेका छन् ।

‘मसँग केही पनि छैन् । बिरामी भएर आए, त्यसपछि उपचार गरिरहेको थिए । उनी आफ्नो गरेर खाइरहेकी थिइन् । म काममा जान थालेको बल्ल दुई साता भयो । उपचार गर्दा लागेको ऋण छ । कसरी तिर्ने ? भइरहेको छ । अर्कोतिर यो तनावले सताइरहेको छ । काममा जान सकेको छैन्’, उनले रुँदै आफ्नो दुःखेसो पोखे ।

रेनुको हेमप्रसादसँग सम्बन्धविच्छेद भएको छैन् । हेमप्रसाद अर्को साता साउदीबाट नेपाल फर्किँदैछन् । त्यसैले पनि उनी भागेको हुनसक्ने बिहानीप्रसादको आकंलन छ । रेनुलाई श्रीमानले निकै दुःख दिएको उनी बताउँछन् ।

श्रीमानले दिएको पीडा सहन नसकेर पहिलेपनि आत्महत्याको प्रयास गरेकी उनलाई तत्काल गौरीशंकर अस्पताल लगेर बचाइएको थियो । श्रीमानसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन पनि दिएकी उनले कुवेत जान नमिलेपछि फिर्ता लिएकी हुन् ।

कुवेतमा रहँदा पनि आत्महत्या गर्न खोजेपछि उनलाई कम्पनीले नै स्वदेश फिर्ता पठाइदिएको बिहानीप्रसाद बताउँछन् । सन् २०२२ मा गएकी उनी १४ महिनामै गत भदौमा फर्किएकी हुन् । उनले काठमाडौं महानगरपालिका–२५ बस्ने गर्जेन्द्र श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएकी थिइन् ।

ग्लोबल आईएमई बैंक, क्षेत्रपाटी शाखामा रहेको आफ्नो खाताको चेक चोरेर लगेको उजुरीपत्रमा उल्लेख छ । गर्जेन्द्रले आफूलाई पटकपटक फोन गरेर मानसिक यातना दिने, धम्काउने गरेको भन्दै उनले कारबाहीको माग गरेकी छिन् ।

साली हराएपछि प्रहरीमा भेना

कसैलाई जानकारी नगराई निस्किएकी रेनुलाई लुकाएको आरोप लागेपछि बिहानीप्रसादले प्रहरी गुहारेका छन् । खोजतलास गरिदिन आग्रह गर्दै उनले प्रहरी प्रभाग, कोटेश्वरमा निवेदन दिएका छन् ।

रेनुको फोन नम्बर ९८४९८४२८६४ ‘स्विच अफ’ छ । उनी भन्छन्,‘रेनुको फोन अफ छ । उनले मलाई फोन गरेर यहाँ छु भनेर बताइदिए पनि तनाव कम हुने थियो । म साह्रै चिन्तित छु । अस्तिदेखि केही खाएको छैन् । मरौं कि बाँचौं भइरहेको छ ।’

हेर्नुहाेस् उनले के भने भिडियाेमा