वि.सं.२०८१ जेठ ६ आइतवार

बझाङकाे दुई पालिकामा खेलकुद समिति गठन

बझाङ जिल्लाकाे दुई पालिकामा खेलकुद समिति गठन भएकाे छ । केदारस्युँ गाँउपालिकामा हरिष मल्ल (साजन)को संयोजकत्वमा ४ सदस्य समिति गठित भएको हाे ।

यसैगरी साईपाल गाउँपालिकामा रन्धोज धामीको संयोजकत्वमा ३ सदस्य समिति गठन भएको जनाएकाे छ । एक जना मनोनयन गर्न बाकि रहेको समितिले बताएकाे हाे। दुर्गाथली गाँउपालिकाबाट पनि खेलकुद समितिको नाम सिफारिश भएर जिल्ला खेलकुद समितिलाई बुझाएको जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले खप्तडटिभीलाई जानकारी दिए । बाकी रहेका ९ वटा पालिकाले पनि एक हप्ता भित्र सबै पालिकाले शिफारिस गरिदिन समेत अध्यक्ष रोकायाले आग्रह गरेका छन् ।

हेरौ मिति २०८० साल पौष १६ गते भएका निर्णयहरु …..
बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष श्री पुष्पलाल रोकायाको अध्यक्षतामा १० औं पूर्ण बैठक बसी तपसिल बमोजिमका महत्वपूर्ण निर्णय गरियो ।
तपसिल


१. मकवानपुर जिल्लामा आयोजना गरेको मिति २०८०।०९।११ र १२ गतेको राष्ट्रिय प्रतियोगितामा सहभागी भई सुदूरपश्चिम उसु टिम फर्कने क्रममा कपिलबस्तु जिल्लाको चोरमारा खोलाको नजिक भएको खेलाडी सवार बस दुर्घटनामा परी असामहिक निधन हुनुहुने उसु खेलाडी निता खड्का प्रति भावपूर्ण श्रद्घाञ्जली व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र उक्त खेलाडी सवार बसमा दुर्घटनामा परी घाइते हुनु भएका सम्पूर्ण खेलाडीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुर्घटनामा परी मृत्यु हुने खेलाडीको परिवारलाई उचित क्षतिपूर्ति र घाइते खेलाडीहरुको आवश्यक उपचारको लागि सहयोग गरिदिन हुन सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने भन्ने निर्णय गरियो ।

२. बझाङ जिल्लामा भएका खेलहरुका संघ भएका हकमा सम्बन्धित सवै संघका अध्यक्ष तथा प्रतिनिधिको बैठक बोलाउने र संघ खेललाई नियमन गरी सक्रिय बनाउनको लागि आवश्यक छलफल तथा निर्णय गर्ने र जिल्लामा खेल भएका संघ नभएका खेलहरुको हकमा खेलकुदले खेल संघ गठन गर्ने, संघका समय अवधि पूरा भएको र निष्कृय संघको हकमा खेल संघ पुनः गठन गर्ने भन्ने निर्णय गरियो ।

३. बझाङ जिल्ला खेलकुदको अभिलेख तथा विवरण (डाटा) नभएको हुदा जिल्ला खेलकुद समिति अध्यक्ष, प्रदेश (क्षेत्रीय), राष्ट्रिय, अन्र्तराष्ट्रिय, वर्ड च्याम्पियनशिप लगाएत विभिन्न स्तरका प्रतियोगिता पदक विजेता तथा सहभागी खेलाडी, जिल्लामा आयोजित जिल्ला खेलकुदका, खेल संघका, क्लबका प्रतियोगिता सेमिनार, शिविर प्रशिक्षण (क्याम्प ट्रेर्निङ), कालो पेटी डान (Black Belt, Dan), खेलाडी संख्या विवरण लगायत विविध अभिलेख तयार गरी निकट भविष्य मै खेलकुदको वइबसाइट बनाई वइबसाइटमा संगै हार्ड कपिमा अभिलेख तथा विवरण (डाटा) तयार पार्नको लागि जिल्ला खेलकुद समिति, स्थानीय खेलकुद समिति, जिल्लामा भएका खेलका खेल संघ, खेलकुद क्लब लगायत खेलकुद हेर्ने संस्थाहरु संग समन्वय, सहकार्य र व्यापक परिचालित तथा परिचालन गर्ने भन्ने निर्णय गरियो ।

४. “१४ औँ बझाङ जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८०” लाई सभ्य र भव्यका साथ सु–सम्पन्नका साथै जिल्ला खेलकुद महोत्सवको रुपमा आयोजना गर्ने र खेलकुदको उच्च आर्दश, मर्यादा कायम गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका (संशोधन) २०७० ले व्यवस्था गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति अनुसार बैठक बोलाउने र विविध विषयमा छलफल तथा निर्णय गर्ने भन्ने निर्णय गरियो ।

५. सुदूरपश्चिम प्रदेश खेलकुद नियमावली २०७७ को नियम ७ उपनियम (१) को खण्ड (क) र खण्ड (ग) पदाधिकारीहरु उपनियम (२) र (३) अनुसार आजको मिति सम्म स्थानीय तहले सिफारिस कानून बमोजिम प्रक्रिया पुरा गरेको हकमा मनोनीत गर्ने र स्थानीय तहले सिफारिस गर्न बाँकी रहेको हकमा पदाधिकारीहरुको आजकै बैठकको निर्णय अनुसार मनोनीत गरी सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद नियमावली अनुसार तपसिल बामेजिम कार्यान्वयन गर्ने र सुदूरपश्चिम प्रदेश खेलकुद नियमावली २०७७ अनुसार गठन नभएका स्थानीय खेलकुद समितिवाट कामकार्वाही नगर्न, नगराउन हुन अनुरोधका साथ उक्त खेलकुद समिति आजकै मिति वाट माथि उल्लेखित गरे बमोजिम नियमावली अनुसार स्वतः विगठन हुने भएकोले नियमावली अनुसारको ७ दिन भित्र स्थानीय खेलकुद समितिलाई सिफरिस गर्नको लागि अनुरोधका साथ दास्रो पटक स्थानीय तहहरुलाई पत्रचार गर्ने निर्णय गरियो ।