वि.सं.२०८१ जेठ ७ सोमवार

केदारस्युँ गाँउपालिकाले गर्‍यो बझाङमा पहिलो रंगशाला निर्माण

केदारस्युँ गाँउपालिकाले झोतामा निर्माणाधीन रंगशालाको काम सम्पन भएको छ ।

गाउँपालिकाले आफु संग भएको स्रोत साधन प्रयोग गरि गाउँपालिकाकै लगानीबाट निर्माण सम्पन्न गरेको हो ।
केदारस्युँका स्थानिय झोता सुडिखोलाका ३५ गिरी परिवार , करिब ६ बिष्ट , र कडायत परिवारको गरि १ विघा भन्दा बढी जमिनमा रंगशाला निर्माण गरेको केदारस्युँ गाँउपालिका अध्यक्ष गणेश बोहराले बताए ।

जिल्लामै पहिलो खेलमैदान बनाउन सफल भएको छौ । हामीलाई साथ सहयोग गर्ने जग्गादाता लगाएत यस कार्यमा सहयोग गर्ने सम्पूर्ण स्थानियलाई पनि धन्यवाद दिदै पालिका भित्रका बन्न लागेका सबै काममा पनि स्थानीयसंग हातेमालो गर्दै अगाडी बढ्ने बोहराले बताए ।

विसं २०८० पौष महिनाको १८ गते हुन लागेको राष्ट्रपति रनिङ शिल्ड लक्षित गरेर गाउँपालिकाले चाडो काम सम्पन्न भएको देख्दा स्थानीय हर्क बोहरा खुशी भएको बताए ।

जिल्ला स्तरमा हुने प्रायजसो खेलहरुमा केदारस्युँ गाँउपालिका भित्र रहेका खेलाडीप्रदर्शनीका लागि पहिलो र दोश्रो स्थान हाशिल गरिरहेको छ ।

आउने दिनमा पनि खेलाडीहरुको क्षमता विकासका लागि गाउँपालिकाले हरप्रयास गर्ने प्रदेश र संघलाई पनि बझाङको २ नम्बर क्षेत्रको केन्द्रबिन्दु झोता भएकाले अपुग रकम बजेट संघ प्रदेशलाई ब्यवस्थापन गरिदिन पनि गाँउपालिकाले माग राखेको छ ।