बझाङ, मष्टा नेविसंघ अध्यक्ष तथा कार्यसमिति सदस्य विनोद कठायतबारे २०७९ माघ ८ आइतबार प्रकाशित समाचारलाई लिएर प्रेस काउन्सिलले गरेको पत्राचारले हाम्रो ध्यानाकर्षण भएको छ । उजुरकर्ता कठायतले खण्डनका लागि गरेको आग्रह बमोजिम काउन्सिलबाट जारी पत्रको व्यहोरा अनुसार छुट्टै स्पष्टीकरण पेश गर्नु पर्ने नदेखिएकाले यसै सुधारमार्फत आचारसंहिताको अक्षरशः परिपालना गर्ने, गराउने व्यहोरा अनुरोध छ । र, उजुरकर्ताले खण्डनका लागि भनी पेश गरेको उजुरीमा खण्डनको व्यहोरा तथा आफुलाई मर्का परेको तथ्य खण्ड उल्लेख नगरेको र त्यो भिडियो सामग्री आफ्नो भए नभएकोबारे पनि कुनै जिकिर पेश नगरेका कारण के कति ठाउँमा भूल सुधार गर्नु पर्ने हो भन्नेमा प्रष्ट हुन सकिएन । जहाँसम्म समाचारको तथ्य एकपक्षीय भएको वा भाषा नमिलेको भन्ने आशय छ, त्यस सम्बन्धमा सम्बन्धित पक्षको उद्दरण नामै किटान गरेर नलेखिएको भएता पनि त्यो पक्षलाई समाचारको विषय बनेको भिडियो सामग्रीबारे सोधिएको प्रतित हुने वाक्यांश उल्लेख भएको व्यहोरा पुनः काउन्सिलसमक्ष अनुरोध गरिन्छ । र, उपरान्त यसै भिडियो सामग्रीलाई लिएर थप समाचार वा विवरण प्रकाशित नगरिने जानकारी समेत काउन्सिल एवं सम्बन्धित पक्षलाई यसैसाथ जानकारी गराइन्छ । –प्रधान सम्पादक