वि.सं.२०८३ भदौ ४ बिहीवार

लगानी बोर्डका सदस्य शिवाकोटीको उम्मेदवारी विवादमा : खारेज हुन सक्ने !

नेकपा (एमाले) बाट उम्मेदवार भई लाभको पदमा बहाल रहेकाको भन्दै दोलखामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीको उम्मेदवारी विवादमा परेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (२) मा भएको कानूनी व्यवस्था बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भए छानबिनको प्रक्रिया अघि बढ्ने छ।

शिवाकोटी प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको लगानी बोर्ड नेपालका सदस्य हुन् । निजि क्षेत्रको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका शिवाकोटीलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को (ङ)मा उम्मेदवार बन्नका लागि कुनै पनि लाभको पदमा बस्न नहुने व्यवस्था छ।