सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि आफ्नो उर्वर उमेर सामाजिक एवं राजनीतिक संघर्षमा समर्पण गरेका दिपक याक्खा मंसिर ४ मा हुन लागेको आवधिक निर्वाचनमा संखुवासभा जिल्लाबाट प्रतिनिधि सभा सदस्यका एक परिपक्व, विवेकशील तथा निष्ठावान उम्मेदवार हुन् । र, उनको विजय केवल उनीआवद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालका लागि मात्रै गौरवको विषय हुने छैन । संखुवासभाको समग्र सामाजिक, आर्थिक एवं सांस्कृतिक विकासको बृहत्तर पर्दाअर्पणको महाउत्सव समेत हुनेछ ।
विद्यार्थी कालदेखि नै समावसेवा र राजनीतिक आन्दोलनहरुमा होमिएका दिपकले राष्ट्रिय अहित एवं सामाजिक बेइमानीसँग कहिल्यै सम्झौता गरेनन् । निहित एवं एकल स्वार्थमा कहिल्यै नअल्झिने उनी सँधै राष्ट्रियता, सामाजिक एकताको विगुल फुक्दै किँरातहरुको पहिचान एवं हकअधिकार संरक्षणका लागि अविचलित रुपमा लागिरहे । उमेरले ४५ टेकेका दिपकले स्नातक तहसम्मको अध्ययन गरेका छन् । विद्यार्थी छँदै उनी किराँत याक्खा छुम्माको महासचिव भए । उनी त्यसक्रममा आइपुग्दा विभिन्न समाजिक संघ संस्थामा रहेर काम गरिसकेका थिए ।
२०५० देखि उनी राजनीतिमा होलटाइमरको रुपमा सक्रिय भए । जतिबेला उनी अनेरास्ववियुको सदस्य बने त्यहिँबाट उनले औपचारिक रुपमा राजनीतिक पूर्णयात्रा प्रारम्भ गरे । २०५३ सालमा आएर उनी धनकुटा बहुमुखी क्याम्पस अनेरास्ववियुको प्रा.क. कोषाध्यक्ष भएर काम गरे । त्यसको दुई वर्ष नवित्दै उनले फड्को मारे अर्थात् २०५५ मा उनी नेकपा मालेको संखुवासभा–काठमाडौं सम्पर्क मञ्चको सदस्य भए । २०५८ सालमै उनले नेकपा मालेको केन्द्रीय प्रचार विभागको सदस्य तथा संखुवासभा जिल्ला सचिवको जिम्मेवारी सम्हाले । र, उनको राजनीतिक जीवनमा फेरि अर्को चढाव आयो । र, २०६९ सालदेखि संघीय समाजवादी पार्टीको केन्द्रीय सदस्य भए । अहिले उनी संघीय समाजवादीसमेत समायोजन भएर बनेको जनता समाजवादी पार्टी (जसपा)को प्रदेश १ को उपाध्यक्ष छन् ।
राजा ज्ञानेन्द्रले कु’गर्दाताका २१ दिन र अन्य विभिन्न समयमा गरी उनले ४९ दिन हिरासतमा विताएका छन् भने पटक–पटक गरी ७१ दिन राजबन्दीको जीवन काटेका छन् । मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको बृहत्त जनआन्दोलनका घाइते समेत रहेका दिपक मध्यमवर्गीय किसान परिवारमा जन्मिएका हुन् । उनको जम्म २०३४ सालमा संखुवासभा चैनपुर ८ मा भएको हो । उनी कृष्णप्रसाद राई र गंगामाया राई (लिम्बु)का माइला छोरा हुन् । दिपकलाई राजनीतिमा लाग्ने प्रेरणा भने आफ्नै ठूलोबुवाबाट मिल्यो भने राजनीति गर्दा उनले परिवारको पूर्ण सहयोग पाए ।
नेपाली समाज एवं मुलुकको क्रान्तिकारी रुपान्तरण चाहने दिपकले आजीवन राजनीतिमा विताउने प्रण गरेका छन् भने आफुले गरेको संघर्षपूर्ण राजनीतिको मूल्याङ्कन हुने बेला आएको र त्यस मूल्याङ्कनको नजिता मंसिर ४ मा हुने प्रतिनिधि सभाको मतदानमार्फत संखुवासभाबासी स्वयंले अभिव्यक्त गर्ने विश्वास लिएका छन् । र, संखुवाबासीले दिपकलाई निरास पार्ने छैनन् भने दिपकले संखुवासभाबासीले दिएको अमूल्य मतको अवमूल्यन गर्ने छैनन् । जसरी अघिल्लो निर्वाचनमा आएको झण्डै दुई तिहाई जनमतलाई समेत अमुक राजनीतिक शक्तिले सत्ता भागबण्डामै तहस–नहस पारेका थिए, त्यसरी संखुवासभाबासीलाई दिपकले कहिल्यै पछुतो हुन दिने छैनन् ।
थप जानकारीका लागि :