वि.सं.२०८१ जेठ ७ सोमवार

सर्वोच्चका न्यायाधिशलाई भट्टीमा जाँड खाएर मुद्धामा बार्गेनिङ्ग गरेको आरोप [भिडियोसहित]

मुद्दा हेर्दा हेर्दैमा राख्ने र सेटिङ गरेर आर्थिक लेनदेनपछिमात्र फैसला गर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध गुटबन्दी गर्ने र न्यापालिका सिध्याउन उद्यत भावी प्रधानन्यायाधीशहरूमाथि समेत फायर खोलेका छन् ।

कामु प्रधानन्यायाधीश दीपक कार्की र लगत्तै हुनेवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमात्र होइन त्यसपछिका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका पोलसमेत राणाले महाअभियोग सिफारिस समितिसमक्ष खोलेका छन् ।

सिफारिस समितिसक्ष बयान दिने क्रममा राणाले प्रकाशमान सिंह राउत नैतिक, आर्थिक र चारित्रिकरूपमा पतित व्यक्ति भएको भन्दै यस्ता व्यक्तिहरू आफ्नोविरुद्धमा लागेको बताए । राणाले राउतको बारेमा गरेका तीनबुँदे टिप्पणी यसप्रकार छन् ।

१: मुद्दा हेर्दा हेर्दैमा राख्ने र सेटिङ गरेर आर्थिक लेनदेनपछिमात्र फैसला गर्ने
२: जाँड खाएर पटकपटक भट्टीबाट ड्राइभर र सेक्युरिटीले गाडीमा उठाएर लैजानुपर्ने
३: श्रीमती (ललिता) लाई धाकधम्की दिएर सम्बन्धबिच्छेदको लागि बाध्य पार्ने नैतिकरूपमा पतित भएको ।

राणाविरुद्ध फागुन १ गते महाअभियोग दर्ता भएको थियो । सत्ता पक्षका ९८ सांसदहरुले उनीमाथि २१ आरोप लगाएका थिए। राणामाथि एक्कासी अनपेक्षित रुपमा महाअभियोग दर्ता भएको भने होइन। उनीविरुद्ध शुरुमा पूर्वन्यायाधीश फोरमले आवाज उठाएको थियो। पूर्वन्यायाधीश फोरमले २०७८ कात्तिक ५ गते विज्ञप्ति जारी गरेर राणाविरुद्ध आवाज उठाउन भनेको थियो।

राणाले आफूमाथि लागेको आरोपहरु झुटा हुन् र यो प्रमाणित हुन सक्दैन भन्नका लागि अरुमाथि फायर खोलेका छन्। अब त्यसको जवाफ र प्रतिक्रिया कसरी आउने हो आगामी दिनमा मात्र खुल्नेछ। तर राणाले संसदीय समितिमा सहकर्मी न्यायाधीशहरु, पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारीहरु र सर्वोच्च बारका अध्यक्षविरुद्ध खुलेर फायर गरे।

राणाले सर्वोच्च अदालतमा कार्यरत सहकर्मीहरुमध्ये तीन न्यायाधीशविरुद्ध तितो पोखे। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की र प्रकाश राउतमाथि राणाले फायर गरे।

राणा आफूमाथि लागेको महाअभियोगको बचाउमा समितिमा उभिएका थिए, तर सहकर्मी न्यायाधीशदेखि बारका पदाधिकारीमाथि उल्टै आरोप लगाउनमा केन्द्रित भए। उनले तत्कालीन समयमा आफूविरुद्ध आन्दोलन गर्ने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलमाथि न्यायाधीश पद मागेको आरोप लगाए ।

नेपाल बारका पूर्वपदाधिकारीले उच्च अदालतको न्यायाधीश मागेको र सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको राणाले आरोप लगाए। संवैधानिक कानुनका विज्ञ शाक्यले अदालतमा देखिएको अवरोध हटाउन भनी गरेको छलफलका क्रममा आफूसँग यस्तो माग गरेको राणाको दाबी छ।