वि.सं.२०८१ असार २ आइतवार

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशन भएको छ।

बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा उच्च जीपीए ल्याउने ४ हजार १७९ रहेका छन्। बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने परीक्षार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ। बोर्डले नियमित ग्रेड वृद्धि र आन्तरिक परीक्षाको नतिजा सार्वजनीक गरेको हो।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले नियमिततर्फ ३ लाख ६३ हजार ८, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिक ३ हजार १३२ परीक्षार्थी सहभागी रहेको बताए।

४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ। ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ग्रेडवृद्धि परीक्षाको अवसर दिइने छ। ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने छ। एक लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धि परीक्षाको अवसर पाउने छन्।

ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।