वि.सं.२०८१ असोज २५ शुक्रवार

कार्यालय समयको बैठक : डिआईजी चौधरीको बर्दी, हाफ कट्टु..!

डिआईजी मिरा चौधरी यातायात व्यवसायी महासंघका अध्यक्ष तथा ३ वटै ठुला ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरुसंग अमर्यादित तथा अशिस्ट तरिकाले प्रस्तुत भएकी छन् । २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकी चौधरी हाल ट्राफिक प्रहरीको प्रमुख छिन ।

मजदुरका समस्या लिएर पुगेका नेताहरुसँग उनी कार्यालय समयमा औपचारिक पोसाकमा नहुनु त बेग्लै कुरा हाफ पाईन्टमा प्रस्तुत भएकी छन् । मजदुर नेताहरुसँग छलफल गरिरहँदा उनले २० बर्से सवारी चल्न नदिने, इलेक्ट्रीक रिक्सा चल्न नदिने, सार्वजनिक सवारीमा कुनै पनि प्रकारका स्टिकर राख्न नपाइने कुरा बताईरहेकी थिइन् ।

सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका लागि पृथक पृथक पोसाक तथा युनिर्फम तोकेको छ । युनिर्फमबाटै सर्वसाधारणले अमुक व्यक्ति जनपद प्रहरी, अमुक व्यक्ति सशस्त्र प्रहरी, अमुक व्यक्ति नेपाली सेनाको हो भनी सजिलै छुट्याउन सक्छन् ।

तर, एउटै रंगको पोसाक, युनिर्फम तीनवटै सुरक्षाकर्मीले लगाउने हो भने चिन्न गाह्रो हुन्छ कि को जनपद प्रहरी, को सशस्त्र प्रहरी वा को सेना ? स्थापित भएको तथ्य, अस्तित्व एवं पहिचान गुम्न गई बराबर हुन पुग्छ । त्यसैले पृथक पहिचान कायम राख्न पनि अरु भन्दा फरक किसिमको पोसाक चाहिन्छ ।

बर्दी एक प्रकारको पहिरन हो, जुन कुनै पनि संस्थासँग विशेष रूपमा आवद्ध व्यक्तिहरूले त्यस संस्थाको गतिविधिमा भाग लिइरहेको बेला लगाउँदछन् ।

आधुनिक बर्दी प्रायः सशस्त्र बल र अर्धसैनिक संगठनहरू जस्तै पुलिस, आपतकालीन सेवाहरू, सुरक्षा गार्डहरू, कार्यस्थलहरूमा काम गर्ने कामदारहरू, स्कूलहरूमा र जेलका कैदीहरूले लगाउँछन् । यो विषय चौधरीले बुझ्न आवश्यक रहेको भन्दै कार्यक्रममा सहभागी एक मजदुर नेतालले मन खिन्न बनाए । तर चौधरीले पेसागत पहिचानको खिल्ली उडाएकी छन् ।