वि.सं.२०८२ माघ ९ बिहीवार

बस्नेतविरुद्ध लामिछानेको समुह लागेको युवासंघ महासचिवको आरोप

नेकपा एमालेका युवा नेता महेश बस्नेत बिरूद्द रबि लामिछानेको समुह लागेको आरोप लागेको छ ।

फलाेअप : एमाले नेता महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान अघि बढाउन अदालतको आदेश

 

नेपाल युवा संघका महासचिव सुमन पुरीले ‘झुटा आरोप’ ठाउँ ठाउँवाट अयोग्य साबित हुदाँ पनि अझै शोभा पाठकलाइ प्रयोग गरिरहेको पुरीको आरोप छ ।

‘६ महिना अगाडि नै नेकपा एमाले का युवा नेता महेश बस्नेतविरुद्ध शोभा पाठकले हालेको उजुरीमा उच्च अदालतले दाबी नपुग्ने ठहर गरेको थियो।

प्रमाण अभावका कारण प्रहरी र सरकारी वकिलले उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरे, जुन अदालतले सदर गरिसकेको छ’ उनले भनेका छन् ।

भारतको अस्पतालमा पाठकको उपचारको क्रममा जबर्जस्ती पति उल्लेख गर्न लगाएको पुरीले जनाएका छन । सो कार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानको समुह लागेको उनको दावी छ । ‘तर, तीन महिना अगाडि  षड्यन्त्रकारीहरूले नयाँ नाटक गरे।

यौनकाण्डले डामिएका एमाले नेता

रबि लामिछानेको आदेशमा राजिव खत्री, निकिता पौडेल र ज्वाला संग्रौलाले मिलेर नेपाल महिला संघ, ललितपुरकी शर्मा नामकी महिलालाई प्रयोग गरी हरियाणा, भारतसम्म पुर्‍याए। त्यहाँ ५ हजार घुस खुवाएर तुलसी मेन्टल अस्पतालमा मानसिक उपचार गराएको नाटक गरे।

त्यसै अस्पतालको कागजातमा पति महलको स्थानमा महेश बस्नेतको नाम लेखाइयो,’ पुरीले भनेका छन, ‘पछि, सुरेन्द्र भण्डारीमार्फत उक्त नक्कली कागजातलाई पुरक प्रमाण भन्दै प्रहरीसमक्ष बुझाइयो। तर, प्रहरी र सरकारी वकिलले गहिरो अनुसन्धान गर्दा यो झूटो र षड्यन्त्रपूर्ण योजना भएको पुष्टि भईसकेको छ।’

शोभा पाठकले लगाएको आरोपमा कुनै सत्यता नभएको महासचिव  पुरीको दावी रहेको छ ।

‘यसअघि पनि भारतमा बनाइएका नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएका सेना, प्रहरी, र कर्मचारीहरूको जागिर अख्तियारले खोसिसकेको छ।

‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’

तर, अब झूट्टा प्रमाण र षड्यन्त्रको आधारमा महेश बस्नेतको उर्जावान राजनीति समाप्त पार्ने सपना देख्ने षड्यन्त्रकारीहरूको अन्त्य हुने छ।’

राजिब खत्री, ज्वाला संग्रौला, शोभा पाठक र उनीहरूका मतियारहरूले षड्यन्त्र र हनी ट्र्याप को माध्यमबाट एमालेका युवा नेतालाई फसाउने दुष्प्रयास गरेका छन ।

अब यी सबै अपराधीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्छ। एमालेका नेताविरुद्ध षड्यन्त्र गर्नेहरूका दिवासपना चकनाचुर हुनेछन ।