नेपालमा पछिल्लो समय चर्चामा छ तस्करीको सुन प्रकरण । यहीँ प्रकरणमा जोडिएर कोही जेलमा छन् भने, कोही खोजीको सूचीमा रहेका छन् । तस्कर एक्लै हैन यहाँ सुरक्षाको जिम्मेवारी लिएर बसेका प्रहरी पनि यसमा संलग्न भएके पुष्टी भएको छ । यही प्रकरणमा जाडिएका प्रहरी अधिकृतमाथि पनि अहिले छानविन हुने भई रहेको छ ।
यसैमध्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत २ जना नायब उपरीक्षक (डिएसपी) प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेसँगै डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल प्रहरी प्रधान कार्यालय तानिएका हुन् ।
यस्तै, सिआइबी प्रमुख किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा तान्ने भएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई सीआईबी प्रमुखबाट हटाइएको हो।
खप्तडटिभीले माघ २५ बिहीवार ” ६० किलो सुन प्रकरणमा सिआइबीका डिएसपी रुगम कुँवरको साँठगाँठ” भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
६० किलाे सुन प्रकरणमा सिआइबीका डिएसपी रुगम कुँवरकाे साँठगाँठ
























