वि.सं.२०८१ असार २९ शनिवार

माओवादीका मजदुर नेता कसरी क्यासिनो र करोडौंको मालिक बने ?

अन्नपुर्णबाट उठाएको पैसाको सुचना लिक हुँदा पछि विप्लव माओवादीमा ठुलै हल्लीचल्ली नै मच्चिएको थियो

कल्पदिप राई रातारात नवधनाड्य भएको धेरै भएको छैन । उनको सम्पतिको स्रोत र बढ्दो ग्राफप्रति सन्देह गर्नेहरु पनि छन्। ६२/६३ ताका माओवादीको लहर देखेर माओवादीको मजदुर संगठनमा लागेका उनी त्यतिन्जेल उनी अन्नपुर्ण क्यासिनोमा मजदुरी गर्थे।

माओवादीको मजदुर संगठनको इकाई अध्यक्ष बनेपछि उनी दरबारमार्ग वरिपरिका हर्ताकर्ता बनेका थिए । जानकारहरुका अनुसार उनी अन्नपुर्णको वरिपरि असुली नै गर्थे, जतिबेला माओवादीको दबदबा थियो । पछि उनले मालिक हटाएर अन्नपुर्ण क्यासिनोको मालिक नै बने ।

२०७५ को असार ताका अन्नपूर्ण क्यासिनोका कार्यरत पुराना कर्मचारीहरुले आफ्नो सेवा, सुविधा तत्काल उपलब्ध गराउन माग गर्दै क्यासिनो व्यवस्थापनलाई चर्को दवाव दिन सुरु गरेका थिए। उनीहरुले २२ वर्षदेखि आफूहरुले गरेको कामको सेवा, सुविधा तत्काल उपलब्ध नगराए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका थिए।

२०७१ मा बन्द भएको क्यासिनो भिन्न नाममा अनुमति लिएर सञ्चालनमा आएसंगै पुराना मजदुर कर्मचारी आन्दोलित भएका थिए । सर्वोच्च अदालतले २०७५ जेठ १४ गते नयाँ नाममा क्यासिनो खुले पनि पुरानो अन्ना क्यासिनोमा कार्यरत इच्छुक कर्मचारीलाई काममा फर्काउनु र काम गर्न नचाहने कर्मचारीलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो ।

राजश्व नतिरेको भन्दै तात्कालिन सरकारले २०७१ बैशाख ७ गते अन्ना क्यासिनो बन्द गराएको थियो । त्यसपछि क्यासिनो अन्नाका संञ्चालक तप्तबहादुर विष्ट र कल्पदीप राईले राजश्व तिर्नुको सट्टा फरक व्यक्ति संचालक रहने गरि क्यासिनो प्यालेसको नाममा अनुमति लिएर क्यासिनो संञ्चालन गरेको दाबी कर्मचारीले गरेका थिए। अन्नपुर्णमा रहेको क्यासिनो पटक पटक कर र रोयल्टी नतिरेको भन्दै विवादमा तानिने गरेको छ ।

कुस्त कमाएको सुचना प्रहरीकोमा पुगेपछि उनी संरक्षण खोज्दै विप्लव माओवादीतिर लागे । अन्नपुर्णबाट उठाएको पैसाको सुचना लिक हुँदा पछि विप्लव माओवादीमा ठुलै हल्लीचल्ली नै मच्चिएको थियो ।

विप्लवको पनि प्रतिबन्ध फुकुवा भएर शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछि उनी हाल माओवादी केन्द्रतिर लागेका छन् । भक्तपुरमा उनले एकजना राणाको पनि ब्ल्याकमेल गरेर जग्गा कब्जा गरेको चर्चा छ। उनले भक्तपुरमा प्लटिङ्ग गर्दा बेदप्रसाद खरेलको पैसा झ्वाम पारेका थिए । मजदुरी गर्दै माओवादी राजनीतिमा लागेका उनी बालकोट र लामाटारमा भब्य घरका मालिक हुन् । राई स्थानीय चुनावमा माओवादी केन्द्रबाट सुर्यविनायक नगरपालिकाको मेयर उठ्दा ९३९ भोट ल्याएर पाँचौं भएका थिए ।