वि.सं.२०८१ साउन ४ शुक्रवार

भानुभक्त जोशीको अश्लिल भिडिओ भाइरल !

सुदूरपश्चिमका गायक तथा देउडा कलाकार भानुभक्त जोशीको आपत्तीजनक भिडिओ भाइरल भएको छ । बैतडी स्थायी घर भएका जोशीको अश्लिल हर्कतको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले एक महिलासँगको उक्त आपत्तीजनक भिडिओ म्यासेन्जर ग्रुपहरुमा शेयर गरिरहेको भेटिएको छ । सोही क्रममा जोशी र ती महिलाको स्पष्ट पहिचान खुल्ने गरी कैद गरिएको उक्त भिडिओ खप्तडटिभी संग  सुरक्षित  छ ।

जोशीको अश्लिल गतिविधिसहितको उक्त भिडियो कुन ठाउँमा कैद गरिएको हो भन्ने खुलेको छैन । तर भिडिओमा सुनिरहेको आवाज जोशीको आवाजसँग म्याच हुन्छ ।
भिडिओमा जोशीले महिलाको अनुहार समेत देखाएका छन् तर आफू देखिएका छैनन् । तर उनी महिलासँग वार्तालाप गरिरहेको भिडिओमा सुनिन्छ ।

जोशी सुदूरपश्चिममा बेलाबखत यस्तै कारणले विवादमा मुछिइरहन्छन् । उनले संगितसँगै म्युजिक भिडिओ तथा टेली श्रृङखलामा समेत अभिनय गर्छन् । उनले आफूले सुदूरपश्चिमको देउडा संस्कृतिलाई जंर्गेना गर्न योगदान पुगाएको दाबी गरेपनि बेला–बेला विवादित हुँदा उनको छवि धुमिल हुँदै गएको छ । अचेल उनका शुभचिन्तक भन्दा बढि आलोचकको संख्या बढिरहेको देखिन्छ ।

कलाकार जोशीले पछिल्लो समय सार्वजनिक भएको अश्लिल  भिडिओबारे जानकार नभएको प्रतिक्रिया दिएका छन् भने अहिलेसम्म कुनै प्रकारका अश्लिल भिडिओ नबनाएको दाबी पनि गरेका छन् । ‘त्यो कस्तो भिडिओ हो मलाई कुनै जानकारी छैन,’ जोशीले  भने, ‘अहिलेसम्म त्यस्ता भिडियो बनाएको पनि छैन । कतै सार्वजनिक भएका पनि छैनन् ।’

तर भिडिओ जोशीकै भएको दाबी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले म्यासेन्जर ग्रुपमा दाबी गरिरहेका छन् ।