कृषि तथा वन विश्वविद्यालय रामपुरको कृषि संकायका डिन जयप्रकाश दत्तको जागिर चट भएको छ।
भर्चुअल माध्यम अर्थात् जुममार्फत् बैठक चलिरहेका बेला अ*श्ली*ल हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो भाइरलभएपछि उनको जागिर धरापमा परेको हो । बुधबार सामाजिक सञ्जालमा दत्तको अश्लील भिडियो भाइरल भएको थियो।
भाइरल बनेको विषयवस्तु संवेदनशील भएको हुँदा सत्यतथ्य छानबिनका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०६९ को परिच्छेद ३८ नियम १७४ ९५० अनुसार छानबिन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्म उनले कृषि संकायको डिन पद गुमाएका हुन् ।
कृषि तथा वन विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मीका अनुसार यस विषयमा छानबिन गर्न समिति पनि गठन गरिएको छ।