वि.सं.२०८१ असार १ शनिवार

समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुबेदी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी चयन भएका छन् । शनिवार राती २ बजे सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन ।

खुला उपाध्यक्षमा नवराज छत्कुली महिला उपाध्यक्षमा अस्मिता गिरी प्रदेशबाट उपाध्यक्षमा नरेन्द्र भट्ट, तीर्थ सिग्देल, सुभाष साह निर्वाचित भएका छन् ।

संगठनको महासचिवमा रामकुमार एलन, उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढा मगर र लेखनाथ सिकारु निर्वाचित भएका छन् ।

यसैगरी खुला सचिवमा शिवप्रसाद ढुंगाना अनिल शाही महिला सचिवमा कान्ति न्यौपाने, दलित सचिमा प्रदिप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएका छन् । सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार उदघाटन भएको थियो ।