राजेन्द्र महतो
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको एशोसिएट समन्वयन समितिको प्रतिनिधि सदस्यमा लक्ष्मी बस्नेत कार्की निर्वाचित भएकी छन् ।
लक्ष्मी बस्नेत : जसले प्रमाणित गरिन्, महिला पनि ठेकेदार बन्न सक्छिन्
निर्माण व्यवसायमा सफल महिला उद्यमी लक्ष्मी बस्नेत : १६ वर्षे यात्रामा उदाहरणीय योगदान
शुक्रबार सम्पन्न महासंघ को १३औँ साधारण सभाबाट बस्नेतसहित ३९ जना प्रतिनिधि सदस्य निर्वाचित भएकी हुन् ।
सागर कन्स्ट्रक्सन प्रा.लि र आरुष कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि का सस्थापक तथा प्रबन्धक निर्देशक रहेकी उनी हाल महासंघको एशोसिएट कोषाध्यक्षको समेत रहेकी छिन्।
विगत १६ वर्षदेखि निर्माण व्यवसायी क्षेत्रमा काम गर्दै आइरहेकी उनी आगामी महाधिवेशनमा पनि भाग लिने तयारीमा रहेको जनाइएको छ ।
उनले निर्माण क्षेत्रका समस्या, नीतिगत सुधार तथा व्यवसायीहरूको आवाज राज्यस्तरसम्म पुर्याउन आफू प्रतिबद्ध रहेको बताउँदै आएकी छन् ।
बस्नेत निर्माण व्यवसायमा महिला भए पनि पुरुष सरह नै हिम्मत र साहस, व्यवसायमा सफल र सबैका लागि प्रेरणादायी, उदाहरणीय महिलाका रूपमा चिनिएकी छन् ।






















