वि.सं.२०८३ भदौ ३० मंगलवार

कांग्रेसका पूर्व वडा सदस्य उम्मेदवार अन्सारी रास्वपामा प्रवेश

वीरगन्ज महानगरपालिका–३ का युवा नेता तथा समाजसेवी तनवीर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदका उम्मेदवार बनेका अन्सारीलाई रास्वपा पर्साका जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्त र क्षेत्र नम्बर १ का सभापति तेज शमशेर जबराले आयोजित कार्यक्रममा खादा तथा माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।

स्थानीय तहको निर्वाचनमा एक हजारभन्दा बढी मत प्राप्त गरेका अन्सारीको रास्वपा प्रवेशलाई पर्सामा पार्टीको संगठन विस्तारसँग जोडेर हेरिएको छ।

कार्यक्रममा बोल्दै रास्वपा पर्साका अध्यक्ष एवं सांसद हरि पन्तले परिवर्तन, सुशासन र जनताको सेवाका लागि युवा तथा समाजसेवीहरू पार्टीमा जोडिने क्रम बढेको बताए।

उनले अन्सारीको प्रवेशले पर्सामा रास्वपाको संगठन थप बलियो बन्ने विश्वास व्यक्त गरे।