वि.सं.२०८१ असोज २६ शनिवार

टान निर्वाचनमा रामप्रसाद सापकोटा ‘कमल’को नेतृत्वमा व्यावसायीक र समावेशी सहभागिता

यही साउन ३०गते हुने ट्रेकिङ्ग एजेन्सिज एशोशिएसन अफनेपाल टानको निर्वाचन माराम प्रसाद सापकोटा ‘कमल’को नेतृत्वमा समावेशी र व्यवसायीक व्यक्तित्वहरुले उम्मेदवारी दिएका छन् ।

सापकोटा लामो समयदेखि पर्यटन व्यावसाय र समाज सेवामा आवद्ध छन् । उनको नेतृत्वमा रहेको टुकी नेपालले दुर्गम क्षेत्रमा शैक्षिक सुधारको कामगर्दै आएको छ । धादिङ्गको निलकण्ठ नगरपालिका ११ जन्मिएका सापकोटा पोर्टर, गाइड हुँदै पर्यटन व्यावसायमा उदाएका पात्र हुन् । उनको स्वामित्वमा रहेको माउन्टेन डिलाइट्स ट्रेक्स एण्ड एक्सपिडिसन, काठमाडौं गार्डेन होम होटल, सुर्यचौर नेचर रिट्रिट प्रा.ली, सुर्यचौर प्याराग्लाईडिङ्ग प्रा.लीलगायत कम्पनिका संचालक हुन् ।
उनले टानलाई ट्रेकिङ्ग व्यावसायीको हितकालागि सबैभन्दा प्रभावकारी संस्थाको रुपमाउपस्थित गराउने प्रण गरेका छन् ।
‘हाम्रो समुहले आम ट्रेकिङ्ग व्यवसायीहरुको समस्यालाई समाधानका लागि राज्य र सरकारसँग समन्वयकारी भूमिका खेल्नेछ ।

टानलाई परिस्कृत, व्यवस्थित, ट्रेकिङ्गव्यवसाय मैत्रीबनाउने हाम्रो लक्षहो,’ अध्यक्षकाप्रत्यासी सापकोटाले भने,‘आमपर्यटन व्यवसायीको साथ र सहयोग विना यो कार्य असंभव छ । बेटर टानका लागिहाम्रो उम्मेदवारी हो ।’

उनको समुहबाट प्रथम उपाध्यक्षमा टानको ईतिहासमै पहिलो पटक महिलाको उम्मेदवारी परेको छ । टानको निवर्तमान महासचिव समेत रहेकी सरिता लामाले उनको समुहबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् ।

त्यस्तै प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका देवेन्द्र पोखरेल व्यावसायीक तथा समाजसेवी पृष्ठभूमिका व्यक्तिहुन् । गोरखा घर भएकाउनीनेपालहाइपोइन्ट ट्रेक्स प्रा.लीनामक कम्पनिका संचालकहुन् ।
द्धितिय उपाध्यक्षका उम्मेदवार रहेका दावा लामा तामाङ्ग काभ्रेका हुन् । उनको स्वामितवमा ट्राभल टाइम ट्रेक्स प्रा.लीनामक कम्पनि छ ।
महासचिवमा उम्मेदवारी दिएका नरध्वज तामाङ्ग (क्षितिज) हिमालयन होलिल्याण्ड ट्रेक्स एण्ड एक्सपिडिसनका संचालक हुन् । काभ्रे घर भएका उनी व्यावसायसँगै राजनीतिमा समेत क्रियाशिल छन् ।
धादिङ्ग घर भएका स्टेप अन हिमालय प्रालीका संचालक हरि कडारियाले सचिवमा उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा यो समुहबाट महिलाको उम्मेद्वारी परेको छ । गोरखा घर भएकी प्रमिला देवकोटा पाण्डेले कोषाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । उनी हिमालयन ग्यासियर ट्रेकिङ्गप्रा.लीनामक कम्पनिको संचालक हुन् ।
हिमालयन फेन्डस् ट्रेकिङ्गप्रा.लीका संचालक रिञ्जिजाङ्गबु शेर्पाले सह कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी सगरमाथा रहेको जिल्ला सोलुखुम्बुका हुन् । हिमालयन एड्भेन्चर स्पोर्टस्का संचालक दोर्जे तामाङ्गले सापकोटाको समुहबाट सदस्यमा उम्मेदवारी दिएका छन् । उनी काभ्रे काहुन् ।
स्काईवे नेपाल ट्रेक्सका संचालक गोरखा घर भएका बिनोद वस्तीले सदस्यमा उम्मेदवारी दिएका छन् ।
सापकोटाको समुहबाट धादिङ्ग घर भएका फ्रलिक एडभेन्चर प्रालीका राजेश थपलिया, गोरखा घर भएकायाक रु एडभेन्चर प्रा.लीका संचालक कान्छा गुरुङ्ग, धादिङ्ग घर भएकी एसियाना ट्रेक्स एण्ड टुर्स प्रा.लीका संचालक निर्मला सापकोटाले सदस्यमा उम्मेदवारी दिएका छन् ।
सापकोटाको समुहबाट दुई जनादलित समुहबाट समेत प्रतिनिधित्व भएको छ । उनको समुहबाट गोरखा घर भएका टुरिस्ट लिंक एड्भेन्चर ट्रेक्स प्रा.लीका संचालक कृष्ण बहादुर परियार, नुवाकोट घर भएका टुरिस्ट लिंक एण्ड एक्सपिडिसनका संचालकहोम बहादुर विश्वकर्माले सदस्यमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै भिजि हेभन ट्रेक्स प्रा.लीका संचालकगोरखा घर भएका शरण अधिकारीले सदस्यमा उम्मेदवारी दिएका छन् ।

आगामी ३० गते हुने टानको निर्वाचनमा निलहरी वास्तोलाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी नेपाली कांग्रेस निकट हुन् । उनलाई नेकपा एमालेको एउटा समुहले समर्थन गरेको छ । यता सापकोटालाई माओवादी केन्द्र, नेकपा एमालेकै एउटा समुह, बाबुराम नेतृत्वको नेपाल समाजवादीसहित अन्य साना दलले समेत समर्थन गरेका छन् ।
अध्यक्षका प्रत्यासी सापकोटा यसअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफको अध्यक्ष थिए । उनको कार्यकालमा भिटाफले देशभर ग्रामिण पर्यटन प्रवद्र्धनमा ऐतिहासिक र उल्लेखनिय कार्य गरेको थियो ।
यो समुहले पदाधिकारी मै २ जना महिलाको सहभागिता सुनिश्चित गरेको छ । त्यस्तै दलित समुदायबाट २ जनाको प्रतिनिधित्व गराइएको छ । सोलुखुम्बु, धादिङ्ग, नुवाकोट र काभ्रेलाई समेत समेट्दा यो समुह क्षेत्रिय हिसाबले समेत समावेशी बनेको छ ।