वि.सं.२०८२ असार २९ आइतवार

कांग्रेसको घुसिया वडाध्यक्ष बादे कर्याप्यै.!

नेपाली काग्रेसबाट निर्वाचित  बनेपा नगरपालिका वडा नं.९ का ४२ वर्षीय वडाध्यक्ष नृपेश बादेलाई १५ लाख घुससहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

आयोगबाट खटिएको टोलीले वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कारचालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं= ७ मिलनटार स्थायी घरभई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधान र गाडीसहित नियन्त्रणमा लिएको आयोगको जारी विज्ञप्तीमा उल्लेख गरिएको हो ।

आयोगद्धारा जारी विज्ञप्ती अनुसार घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको जनाएको छ।