वि.सं.२०८१ जेठ ६ आइतवार

सर्वोच्च अदालतमा प्रधानन्याधीशको अगाडि रक्सीको बोतल राखेपछि..!

शुक्रबार भारतको सबैभन्दा ठूलो अदालतमा ट्रेडमार्क विवादसँग सम्बन्धित मुद्दाको सुनुवाइका क्रममा ह्विस्कीका बोतलहरू प्रधानन्यायाधीशको अगाडि राखिएपछि निकै चर्चा भएकाे छ ।

यो मामला व्हिस्की ब्रान्डहरू बीच ट्रेडमार्कको कथित उल्लङ्घनको आरोप लागेकाे हाे।

प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको नेतृत्वमा रहेको इजलासले रक्सी उत्पादन गर्ने कम्पनी पेर्नोड रिकार्ड इन्डिया प्राइभेट लिमिटेडको याचिकामाथि सुनुवाइ भइरहेकाे थियाे। यस कम्पनीले ‘ब्लेन्डर्स प्राइड’ र ‘इम्पेरियल ब्लू’ व्हिस्की उत्पादन र बिक्री गर्छ।

पेर्नोड रिकार्ड इन्दौर अदालतको निर्णयको विरोधमा मध्य प्रदेश उच्च अदालतमा पुगेको थियो।

कम्पनीले उच्च अदालतमा आफूसँग ‘ब्लेन्डर प्राइड’ र ‘इम्पेरियल ब्लु’ ह्वीस्कीको ट्रेडमार्क दर्ता भएको र ‘सिग्राम’को दर्ता ट्रेडमार्क पनि रहेको बताएको छ ।

जेक इन्टरप्राइजेज नामको कम्पनीले आफ्नो ट्रेडमार्कको नक्कल गरी ‘लन्डन प्राइड’ नाममा आफ्नो मदिरा उत्पादन तथा बिक्री गरिरहेको कम्पनीको आरोप छ ।

उच्च अदालतले पेर्नोड रिकार्डको निवेदन खारेज गर्दै जेके इन्टरप्राइजेज र पेर्नोड रिकार्डको ट्रेडमार्कमा कुनै समानता नभएको र जेके इन्टरप्राइजेजको ट्रेडमार्क पेर्नोडको ट्रेडमार्कसँग मिल्दोजुल्दो छैन र यसलाई नक्कल भन्न सकिदैन भनी ट्रायल अदालतले कुनै त्रुटि नगरेको बताएको छ ।

पेर्नोड रिकार्डको प्रतिनिधित्व गर्दै वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले बेन्चको अगाडि ह्विस्कीका बोतलहरू राखे।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार प्रधानन्यायाधीशका अलावा न्यायाधीश जेबी पर्दिवाला र न्यायमूर्ति मनोज मिश्रा पनि सामेल थिए।

मुकुल रोहतगीले प्रतिस्पर्धी कम्पनीको बोतलको डिजाइन पनि आफ्नो ग्राहकको उत्पादनसँग मिल्दोजुल्दो रहेको बताए ।

पेर्नोड रिकार्डले आफ्नो उत्पादनको ट्रेडमार्कमा ‘प्राइड’ शब्द ‘ब्लेन्डर्स प्राइड’ आवश्यक र विशिष्ट भएको र सन् १९९५ देखि प्रयोग गर्दै आएको बताए ।