वि.सं.२०८१ भदौ २८ शुक्रवार

एनआईसी एशियाका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गर्दा १२ प्रतिशतसम्म छुट

डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट पाउने भएका छन्।

याे पनि…..

सो सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष डा अन्जनी कुमार झाले हस्ताक्षर गरेका छन्। समझदारी अनुसार एनआईसी एशिया बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्नेछन्।

यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा थ्रीडी सीआरटी, आईएमआरटी, भीएमएटीलगायतका उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त हुनेछ। साथै, बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गर्ने बताइएको छ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कूल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिइरहेको बैंकको दाबी छ।

हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कूल १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व बुझाएको बैंकले जनाएको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सञ्चालन गरिरहेको बैंकले जनाएको छ।

देशको कूल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको बैंकको भनाइ छ।

प्रेस विज्ञप्ति
माघ १०, २०७९
एनआई सी एशिया बैंककाग्राहकमहानुभावहरूलाई काठमाडौं क्यान्सर सेन्टरमाउपचार गरी डिजिटल भुक्तानीगर्दा १२ प्रतिशतसम्म छुट प्राप्तहुने

‘डिजिटल फष्र्ट बैंक’बन्ने दीर्घकालिनलक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एनआई सी एशिया बैंककाग्राहकमहानुभावहरूलाई भक्तपुर स्थितताथलीमाअवस्थित काठमाडौं क्यान्सर सेन्टरमाउपचार गराउँदाविभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमासमझदारी भएको छ । सो सम्बन्धी समझदारीपत्रमा यस बैंककातर्फबाटचिफलाइफ स्टाइल बैंकिङ्गयुनिभर्सश्री श्याम प्रसाद लामिछानेज्यू रसेन्टरका तर्फबाट अध्यक्षप्रो.डा. अन्जनीकुमार झाज्यूले हस्ताक्षर गर्नुभयो । उक्त समझदारीअनुसार यस बैंकमाखातासञ्चालनगर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड,क्रेडिट कार्डवा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएकाग्राहकमहानुभावहरूएवं बैंककाकर्मचारीहरूले यो फाइदाउपभोग गर्न सक्नुहुनेछ । यो समझदारीसँगै बैंककोमोबाइल बैंकिङ्ग(ल्क्ष्ऋ ब्क्क्ष्ब् ःयद्यबलप) एपतथाकार्डप्रयोगकर्ताहरूलेउक्त सेन्टरमाघम् ऋच्त्, क्ष्ःच्त्, ख्ःब्त्, एबििष्बतष्खभ ऋबचभ रत्द्यक्ष् ९त्यतब िद्ययमथ च्बमष्बतष्यल० उपचारमा५÷५ प्रतिशतछुट एवं अस्पतालले उपलब्ध गराउने अन्यजुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्तगर्नुहुनेछ । साथै, यस बैंककाकर्मचारीलाई उक्तउपचारहरूमाथप १ प्रतिशत र अन्यजुनसुकै सेवामाथप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखाकार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहितशाखा सञ्जालविस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतजनतालाई सेवादिन यस बैंक सफलभएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथाउच्चआर्थिक वृद्धिमा टेवा पु¥याउनउत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममाप्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिलागर्ने बैंकको रुपमा स्थापितहुन बैंक सफलभएको छ । जुन समग्र देशको अन्यकम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागिमुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थितिन्यून रहेका दुर्गम जिल्लाहरूमातथाकुनै पनि बैंक तथावित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीयनिकायहरूमाशाखाविस्तार गरी सञ्चालनगर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना७२% शाखाकार्यालयहरू स्थापना गरेको छ ।

सुधिर नाथ पाण्डे
नायबप्रमुखकार्यकारी अधिकृत (प्रमुख सूचनाअधिकारी)