वि.सं.२०८१ जेठ ६ आइतवार

पुर्वमन्त्री वुद्धिको वुद्धिमा बिर्को लागेपछि सार्वजनिक पोखरी स्वाहा..!

ललितपुरमा लामो समय एकछत्र साम्राज्य गरेका बुद्धिराज बज्राचार्यले सरकारी जग्गालाई निजिकरण गरेर ब्यापक घोटाला गरेको घटना सार्वजनिक भएको छ ।

नेकपा (एमाले)बाट राजनीति गरेका बज्राचार्य राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएका बेला सूर्यबहादुर थापाको मन्त्रिपरिषद्मा पर्यटन मन्त्री हुन समेत सफल भएका थिए ।

ललितपुरको गाःबहालमा स्थायी बसोबास रहेका बज्राचार्यले २१ वर्षसम्म अनवरत रुपमा ललितपुर महानगरपालिकाको मेयर भएर चलाएका थिए ।

उनले आफू मेयर भएको बेला विभिन्न स्थानका सार्वजनिक सम्पत्तिलाई व्यक्तिको नाममा लगेको रहस्य अन्ततः  कर्तुत पर्दाफाश भएको हो ।

आफ्नो पदीय शक्तिको दुरुपयोग गर्दै उनले ललितपुरको कुमारीपाटीमा ऐतिहासिक तः पुखु मासेर व्यक्तिले घर बनाएकाे तथ्य भेटिएको छ ।

२०२१ सालको नापीमा पोखरी कायम रहेको उक्त सरकारी जग्गा २०५० सालको नापीमा नेपाल सरकारको नाममा आएको रेकर्ड ललितपुर मालपोत र नापी कार्यालयमा भेटिएको छ।

२०५० पछि पोखरी मासेर सिमित व्यक्तिहरुको नाममा नामसारी भएको तथ्य भेटिएको बताईएको छ । तः पुखु कित्ताकाट भएर व्यक्तिका नाममा दर्ता गरिनुको पछाडि तत्कालीन मेयर बज्राचार्य संलग्न रहेको तथ्य खुल्न आएको छ ।

उनी ललिपुर उपमहानगरको मेयर हुँदा पोखरी बेचेर कर्मचारीलाई तलव खुवाएका थिए । पञ्चायतकालमा लगातार २५ वर्ष प्रधानपञ्च चलाएका वुद्धि बहुदल आएपछि एमालेबाट मेयर निर्वाचित भएका थिए । यसपछि उनले निरन्तर मेयर भएर हैकम मच्चाएका थिए ।

अहिले आफुलाई सम्पदा संरक्षणकर्मी भनेर चिनाउन रुचाउने वुद्धि आफैले पहिला गरेका कर्तुत लुकाउनका लागि ढोंग रचेको आरोप अहिले लाग्ने गरेको छ ।

उनले हालै मात्रै भारतीय दूतावासको सहयोगमा ५–६ वटा बौद्ध विहार निर्माण गरेपनि त्यसको स्थापना, निर्माण र खर्चबारे कसैलाई जानकारी दिँदैनन् ।

कतिपय विहार अहिले पनि निर्माणाधीन अवस्थामा छन् । यसरी आर्थिक रुपमा पनि उनी अपार्दर्शी काम गर्ने गरेका छन् ।

उनले पैसा लिएर नै पोखरी मात्र नभई थुप्रै फल्चाहरु व्यक्तिलाई जिम्मा लगाएको स्थानीयहरुले आरोप समेत लगाउने गरेका छन् । खप्तडटिभीले यसबारे समाचार लेखिसकेपछि बज्राचार्यसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।