तिम्रो नाङ्गो शरीर माथी,
तिम्रो भोको पेटमाथी
अनि तिम्रो भत्किएको
माटोको छाना माथी,
राजनीति शुरु भयो रे !
लौ चुनाव आयो रे !!
मैले सुनेको,
तिमि त्यहाँ चिसो बोराको
ओछ्यानमा पल्टिरहेको बेला,
तिम्रो जिबन माथी
ठुला-ठुला बहस हुन्छन रे,
नढाटी भनत ,…..
ठुला ठुला आम सभामा भएका भाषणले
गोष्टिले, तिमीलाई गिज्याउन्छ कि !
तिम्रो पाल मुनिको बोरालाई ??
लौ फेरी चुनाव आयो रे !!
अनि ,
तिम्रो आङ ढाक्ने,
सहारा च्यातिएको बेला,
एक गाँस मिठो खाने आसमा
कयौदिन पेट भित्रपसेर लाम्टिएको बेला,
उफ…..
बर्षौ बित्यो,
खालि पेट, नाङ्गो शरीर, अनि बरोजगार
कहिले बदलिएन ,
बदलियो त मात्र क्यालेन्डर !!
लौ फेरी पनि चुनाव आयो रे !!
सरकारी स्कुलको पढाइको हालत,
बाटोघाटो, पुल्, निर्माण र सम्रक्षणको हालत्
तर नेताको भाषणमा हजारौ,
पटक स्विजरल्यान्ड बनेको मेरो देश,
बद्लियो त केवल नेताहरुको स्थर
तर बदलिएन कहिल्यै जनताको जिबनस्थर !
लौ फेरी पनि चुनाव आयो रे !!































