वि.सं.२०८३ साउन २२ शुक्रवार

अरुको लागि हैन, आफ्नो लागि जिउनुहोस्

जीवनमा सबैभन्दा धेरै चोट त्यहाँ पाउँछौँ, जहाँ आफ्नो खुशी, समय र सपना अरूको लागि जलाएर बाच्छौँ।

जीवनको अर्थ अरूको मन जित्नमा हैन, आफुलाई खुशी राख्नुमा हुन्छ । जब खुशी हराउँछ तब जीवन अवश्य नष्ट हुन्छ। त्यसैले आफ्नो लागि जिउँनुहोस्, उठ्नुहोस्, मुस्कुराउनु होस् ।

जीवन अरूका अपेक्षा पूरा गर्दै जलाउनलाई होइन। आफ्नो खुशी, कला, बाटो र सपनालाई प्राथमिकता दिनु जरुरी छ।

अरूले जे भने पनि,जे लागे पनि, आफ्नो जीवनको उत्तरदायित्व आफैं बोक्नुपर्छ
जन्मिन्छौँ एक्लै र अन्त्यमा फर्किन्छौँ पनि एक्लै।

बीचको यात्रा अरूका लागि हो कि,आफ्नो लागि ? निर्णय आफ्नै हातमा छ।

अरूको अपेक्षामा होइन, आफ्नो स्वाभिमानमा जिउनुहोस्। अरूको आँखाको पानी पुछ्दै होइन,आफ्नो आत्माको धूलो झार्दै अघि बढ्नुहोस्। जीवनको सबैभन्दा ठूलो सत्य यही हो।

अरुको लागि हैन, आफ्नो लागि जिउनुहोस्।
अरुलाई त मृत्यु नै उपहार दिँदा पनि पुग्दैन।