वि.सं.२०८१ माघ ६ आइतवार

फलाेअप नं. ३: रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

वडाध्यक्ष शाहीद्वारा बारम्बार झुटो बयान

ललितपुर महानगरपालिका वडा १५ का वडाध्यक्ष सुरेश शाहीले नै भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुखहरु बिना स्विकृती कटान गरेको तथ्यहरु फेला परेको छ ।

रुख चाहिए घरमा रोप्नु, मन्दिर क्षेत्रमा भोज गर्न मिल्ने फाल्चा निमार्ण गर्ने हो भन्दै वडाध्यक्ष शाहीले स्थानियहरुलाई धम्काएको भेल्पा मन्दिर परिसरका केही स्थानियहरुले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

वडाध्यक्ष शाहीको कतुर्त थाह हुदाहुदै पनि स्थानीयहरु बोल्न त्रसित हुने गरेका छन् ।

भेल्पा मन्दिर परिसरमा भर्याङ्गमा मार्बल राख्नका लागि यस अघिका वडाध्यक्षको कार्यकालमा बजेट बिनियोजन गरिएको थियो ।

उक्त बजेटलाई हालका वडाध्यक्षले फाल्चा निमार्ण गर्ने भन्दै बजेटको उद्देश्य परिवर्तन गरेका थिए ।

वडाले नै विनियोजन गरेको बजेटको योजनाका कारण उक्त रुखहरु कटान गरिएको प्रष्ट छ । तर वडाध्यक्ष शाहीले रुख कटानमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् ।

उनले सार्वजनीक जग्गालाई बारम्बार व्यक्तिगत जग्गा भएको बयान दिदैँ आएको प्रमाण सहित समाचार यस अघि खप्तड टिभीले प्रकाशित गरिसकेकाे छ।

सामान्य रुपले सम्बन्धित निकायको स्विकृती लिएर रुख कटान गर्न पाउने प्रावधान हुँदाहुँदै पनि वडाध्यक्षले अनाधिकृत रुपमा रुख कटान गरेको रहस्यमय विषय हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पनि पुगेको छ ।

यस विषयमा जिल्ला वन कार्यालय ललितपुरले पनि अनुसन्धान गरिरहेको जिल्ला वन अधिकृत राम कुमार भण्डारीले जानकारी दिए । कटान गरेको रुखहरु हाल जिल्ला वन कार्यालय ललितपुरमा सुरक्षित रहेको पनि उनले जानकारी दिए ।

जिम्मेवार निकायमा भएको व्यक्तिले जिल्ला वन कार्यालय तथा ललितपुर महानगरले माग गरेको स्पष्टिकरण मै सार्वजनीक जग्गालाई व्यक्तिगत भनि जानकारी दिइनु नै उनको संलग्नताको आधार पुष्टि हुन्छ ।

वडाले बजेट बिनियोजन गरेको योजना अनुरुप रुख काटिएको कारण पनि वडाध्यक्ष शाहीको संलग्नताको पुष्टि हुन्छ ।

यसै विषयमा यस अघि प्रकाशित सामग्री :