वि.सं.२०८० फागुन ११ शुक्रवार

कल सेन्टरमा प्रहरीको छापा

काठमाडौंको तिनकुनेस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ।

सोमबार तिनकुनेस्थित एक कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए।

अहिले छापा मार्ने काम भइरहेको हुँदा सबै विवरण नआएको उनले बताए।

प्रहरीले उक्त कल सेन्टरको कम्प्युटर, ल्यापटप लगायतका सामग्री नियन्त्रणमा लिएको छ ।

उनीहरूले कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको जनाएकाे छ।