वि.सं.२०८१ भदौ २८ शुक्रवार

कस्तुरीको बिना तस्करलाई उन्मुक्ति दिने न्यायाधीश विनोद खतिवडालाई होला त कारबाही ?

नेपालबाट कस्तुरीको बिना चोरी–सिकारीमा संलग्न कोरियन गिरोहका एक सदस्यलाई जरिवानामै उन्मुक्ति दिएको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ ।

वकिलसँग २ करोड ‘घुस डिल’ प्रकरण : न्यायाधीश कोइरालालाई सफाई, २ न्यायाधिश बर्खास्त

१५ वर्ष कैद सजाय हुने कोरियन नागरिक जंग जुन जुनलाई काठमाडौं जिल्ला अदालतले पाँच लाख मात्र जरिवाना हुने फैसला गरेको थियो । यो फैसला न्यायाधीश विनोद खतिवडाले सुनाएका हुन् ।

कार्यसम्पादन र न्याय निरूपणमा न्यायिक विचलन देखिएको भन्दै विश्वनीति प्रकाशमानसिंह पाख्रिनले गत १० फागुनमा उजुरी दर्ता गराएका हुन् ।

जिल्ला न्यायाधीश खतिवडाको इजलासले गत २१ असोजमा उनलाई दोषी ठहर गरी २६ असोजमा सजाय सुनाउँदै पाँच लाख रुपैयाँ मात्र जरिवानाको फैसला गरेको थियो । डिभिजन वन कार्यालय, काठमाडौंले १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरेको थियो ।

यही १३ फागुनमा उच्चका एक र जिल्लाका एक गरी दुई न्यायाधीश पदमुक्त भएसँगै पछिल्लो पाँच वर्षमा न्यायपरिषद्को सिफारिसमा बर्खास्त गरिएका न्यायाधीशको संख्या ११ पुगेको छ ।