वि.सं.२०८१ कात्तिक २७ मंगलवार

सीआईबीले तान्यो डलर अर्बपति चौधरीलाई अनुसन्धानमा

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखानाको दश रोपनी सरकारी जग्गा किर्ते तथा ठगी गरेर हडप्ने ‘चौधरी ग्रुप’का अध्यक्ष ‘डलर अर्बपति’ विनोद चौधरी समेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अनुसन्धानमा जाेडेकाे छ ।

बाँसबारी जग्गा घोटाला प्रकरण : अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीश कारबाहीमा

बासबारी छालाजुत्ता कारखानासँग सम्झौता गर्दा हस्ताक्षर गर्ने विनोदका बुबा लुनकरनदास चौधरी भए पनि कार्यकारी भूमिकामा विनोद नै रहेको प्रमाण फेलाको हाे ।

यस सम्झौतापत्रको बुदा नम्बर ‘क’मा ‘दोस्रो पक्षबाट विनोदकुमार चौधरीले लगानीकर्ता तथा प्रवद्र्धकको तर्फबाट सम्पूर्ण काम कारबाही गर्नु हुनेछ’ भनी किटानसाथ लेखिएको छ भने ‘सम्झौताका आधारहरु’को ६ वटा बुँदापछिको १ नम्बरमा लुनकरन दास चौधरी, विनोदकुमार चौधरी तथा उनिबाट मनोनित व्यक्तिहरु भनी जनाइएको छ । जहाँ विनोद चौधरी नै ५१% हिस्साको कार्यकारी भूमिका  देखिन्छ ।

गत माघ १८ गते सीजी होल्डिङ्सको अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित ३ जना पक्राउ परे ।

छालाजुत्ता उद्योगको जग्गा हडप्ने व्यवसायी चौधरी प*क्रा*उ

तत्कालीन समयमा अरुण शेयर सदस्य मात्रै रहेकामा अहिले सीजीको प्रबन्ध निर्देशक रहेका कारण पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएकोनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले जानकारी दिएको छ ।

सीआईबीले अरुणका सहोदर दाई तथा तत्कालीन कार्यकारिणी अधिकारप्राप्त विनोद चौधरीसहितको बयान प्रारम्भ गरिसकेको छ । गएको माघ १८ मा अरुणसहित फक्राउ परेका तीन जना हाजिरी जमानीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेशपछि छुटेका थिए । यद्यपि, सीआईबीले अनुसन्धान जारी राखेको थियो ।
अनुसन्धान कै क्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद, उनका भाइ वसन्त चौधरी, आमा गंगादेवी चौधरी र भिनाजु महेशकुमार अग्रवाल समेत अनुसन्धानमा तानिएका छन् ।

भ्रुणहत्या गर्ने श्रीमान्ले ‘जुठो’ चाखे, खोजियो नालिबेली ?

सीआईबीका अनुसार उनीहरुको बयान सुरु भइसकेको छ । सरकारको नाममा रहेको शेयर हात पारेपछि चौधरीले २०५४ साल पुस ४ गते फुटवेयरलाई लिमिटेडबाट निजी कम्पनी अर्थात् ‘प्रालि’ बनाएका थिए । त्यसपछि फुटवेयरको नाम पनि परिवर्तन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि बनाइएको देखिन्छ । जुन प्रालिमा अहिले अरुण चौधरी, उनकी श्रीमती शीला चौधरी र भारतीय ठेकेदार सञ्जय ठाकुरको स्वामित्व छ । स्वामित्वमा उनीहरू देखिए पनि विनोद चौधरीले नेतृत्व गर्ने चौधरी ग्रुपको भगीनी संस्थाका रूपमा रहेको सीजी एजुकेसनले चाँदबाग स्कुल सञ्चालन गरिरहेको छ ।