वि.सं.२०८१ भदौ २८ शुक्रवार

बझाङका सिडियो अर्याल नुन काण्डमा मुछिएपछि..!

बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल आर्थिक अनियमिततामा मुछिएका छन् ।

स्थानीय तहको निर्वाचनमा खटिएका सुरक्षा निकायका प्रमुखले पाउनुपर्ने निर्वाचन भत्ताको रकम दुरुपयोग गरेको आक्षेप खेपिरहेका बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालमाथि नुन ढुवानीको रकम पनि अनियमितता गरेको आरोप लागेको छ ।

स्थानीय तहको निर्वाचनमा खटिएका जिल्लास्थित सुरक्षा निकायका प्रमुखले पाउनुपर्ने निर्वाचन भत्ताबापतको रकम अहिलेसम्म उनले वितरण नगरेका हुन् ।

निर्वाचन सेलको भत्ता अपचलन गर्न खोजेको आरोप प्रजिअ अर्यालमाथि लागेको हो । स्थानीय तहको निर्वाचन सुरक्षा र व्यवस्थापनका लागि प्रजिअ अर्यालको नेतृत्वमा जिल्ला निर्वाचन सेल गठन भएको थियो ।

निर्वाचन सेलमा जिल्लास्थित जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी इकाइको प्रमुख, नेपाली सेनाको प्रमुख, राष्ट्रिय अनुसन्धान विभागको प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहन्छन् ।

निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन सेलका सदस्यले उनीहरूले खाइपाई आएको एक महिनाको तलबको ६० प्रतिशत हुन आउने रकम भत्ताबापत पाउँछन् । तर, बझाङका प्रजिअ अर्यालले भने उक्त रकम निर्वाचन सेलका सदस्यलाई उपलब्ध गराएकाे छैन।

उनले २१ असारमा कोष तथा लेखा नियन्त्रकको कार्यालय बझाङबाट उक्त रकम भुक्तानी लिइसके पनि रकम पाउनुपर्ने व्यक्तिले नपाएका हुन् ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय बझाङबाट भुक्तानी लिएको १६ दिन बितिसक्दा पनि उक्त भत्ताबापतको रकम वितरण भएको छैन ।

याे पनि पढ्नुहाेस्

बझाङका सिडियोले कर्मचारीको भत्तामा अनियमितता गरेपछि..!