धेरै जसाे मानिसहरु अँध्यारोमै बाँचिरहेका छन्। नचाहँदा नचाहँदै अन्धकारसँग सम्झौता गर्न बाध्य छन् ।
यसका कारण धेरै छन् । तर, एउटा कारण भने पक्कै डर हो। डरले थिचिरहेकै कारण अन्धकारबाट भाग्ने प्रयत्न हुन्छन् ।
तर, मैले डरलाई जित्ने र अन्धकारलाई भगाउने बाचा गरे। आफैंलाई भनें, “अब डरलाई भागाउनु पर्छ।”
गत सप्ताहन्त, एकदमै अँध्यारो रात थियो। श्रीलंकाको पहाडी गोरेटो बाटो शान्त तर भारी थियो। त्यही रात, म ६० किलोमिटर पैदल यात्रा गर्दै ह्याटनबाट शिरी पाडातिर लम्किरहेको थिए । तिब्र गतिको चाल र दौडको संमिश्रणको प्रयाशमा पनि सात आठ घण्टाको दूरी निश्चित थियो। तर मलाई समयभन्दा बढी यात्राको अर्थमा ध्यान थियो।
बिजुली चम्किन्थ्यो। आकाश गर्जिन्थ्यो। झमझम वर्षा भइरहेको थियो। पहाडले स्वागत गरेको होइन, परीक्षा लिएको भान भईरहेको थियो। चिया बगान, उकाली ओराली, घना जंगल, भिरपाखा, चट्टान…सबैको बीचमा पेको ट्रेलको गोरेटोमा म एक्लै दौडिरहेको थिए।
खस्र्याङ बज्ने आवाजले शरीर झसंग मात्र भएन, जुकाले रगत पनि चुसे। खुट्टा गलेनन् मात्र, थोत्रा जुत्ताले चोट पनि दिए। पिँडौला पोल्थे। पैताला जलिरहेँ ।
तर निदारमा झुण्डिएको टर्चको मधुरो प्रकाश मेरो मार्गदर्शक थियो। म श्रीलंका पहाडको शिखर खोज्दै थिए। र, मनमा एउटा उत्सुकता थियो। बुद्धले पाईला राखेको शिरी पाडामा उदाउने पहिलो सूर्यको किरणको स्पर्श कस्तो होला?
अन्ततः गन्तव्य आयो। अँध्यारोले हार्यो। तर लगातारको वर्षाले सूर्योदयका किरणले वादललाई चिर्न सकेनन्। त्यो क्षणका लागि यात्रा जारी राख्नु पर्ने भयो।
त्यो रातले मलाई एउटा कुरा भने पक्कै याद गरायो। जीवनको अँध्यारोमा भिरपाखा र जंगलका अप्ठ्यारा गोरेटोमा पनि, धिपधिपे रोशनीको सहारामा मात्रै पनि दौडिरहन सकिन्छ। पीडा र कठिनाइसँग जुध्दै जती लामो यात्रा पनि तय गर्न सकिन्छ।
आज म यहाँ छु। थकित छु। तर रोकिएको छैन। अझै लामो यात्रा तय गर्नु पर्ने छ। तपाईंहरूलाई शिरी पाडाको सुनौलो सूर्योदयको दर्शन गराउनु पर्नेछ।
अहिलेलाई, त्यही यात्राको प्रतीक स्मृतिका लागि केही तस्बिरहरू मेरो हृदयमा कैद छन् ।
Should we say he doesn’t talk? Or should we say he doesn’t talk much anymore?

























