पछिल्लो चार वर्षदेखि निरन्तर खोज पत्रकारिता गर्दै आएको खप्तडटिभीसँग आवद्ध पत्रकार राधिका श्रेष्ठमाथि हिजो साँझ काठमाडौँको बालकुमारी पुल मुनि भएको सवारी ठक्करको घटना गम्भीर र लक्षित हमलाको रूपमा हेरिएको छ।
स्वतन्त्र पत्रकारिता र सत्य बाहिर ल्याउने प्रयासमाथि शक्तिशाली समूहको दबाब र आतंक अझै सक्रिय रहेको खप्तडटिभीकाे ठम्याइ हाे ।
हिजो साँझ घर फर्कने क्रममा सेतो गाडीले अचानक ठक्कर दिँदा पत्रकार श्रेष्ठ घाइते भएकी छिन्। उनले यस घटनालाई साधारण दुर्घटना नभई आफूलाई डराउने र चुप लगाउने उद्देश्यले गरिएको योजनाबद्ध हमला भएको दाबी गरेकी छन्।
खप्तडटिभीले विगत चार वर्षदेखि विभिन्न शक्ति केन्द्र, भ्रष्टाचार, अपराध र दुरुपयोगका विषयमा निरन्तर खोजमूलक समाचार सार्वजनिक गर्दै आएको छ। पछिल्लो समय प्रकाशित समाचार “कर्नेल र जर्नेल छोराको पावर आतंक : ८२ वर्षीय भूपू प्रहरी बाबु २६ दिन हिरासतमा !” शिर्षकमा खाेजमुलक समाचार प्रकाशित गरेको थियोे । उक्त समाचार प्रकाशित पछि पत्रकार श्रेष्ठमाथि दबाब र धम्की बढेको थियो।
पत्रकार श्रेष्ठका अनुसार, उक्त समाचार प्रकाशित भएपछि फेसबुक म्यासेज र फोनमार्फत लगातार धम्की आउन थालेको थियो। ती धम्कीमा उनको मात्र होइन, उनका बुबा–आमालाई समेत लक्षित गरिएको थियो।
उनले फेसबुकमार्फत कुरा गर्न खोज्दा पनि धम्कीपूर्ण शैलीमा प्रतिक्रिया आएको बताइएको छ।
कर्नेल र जर्नेल छोराको पावर आतंक : ८२ वर्षीय भूपू प्रहरी बाबु २६ दिन हिरासतमा !
घटनासँग जोडिएको परिवारका बुबा प्रेम बहादुर शाहले नै पहिले आफ्नै कान्छी श्रीमतीमाथि पनि यस्तै प्रकारको हमला भएको बताएका छन्। त्यसबेला पीडितले सम्बन्धित कार्यालयमा उजुरी दर्ता गराए पनि कुनै प्रभावकारी कारबाही नभएको आरोप छ।
पत्रकार माथिको हमालले शक्तिशाली व्यक्तिहरूले कानुनी प्रक्रिया नै प्रभावहीन बनाउने प्रवृत्ति बढ्दै गएको संकेत दिएको छ।
बालकुमारी पुल मुनि भएको हिजोको घटना पत्रकारमाथि मानसिक, डर आतंक फैलाउने, सत्य उजागर गर्ने आवाज दबाउने र खोज पत्रकारितालाई रोक्ने प्रयास भएको छ। पत्रकार श्रेष्ठले आफू र आफ्नो परिवार असुरक्षित महसुस गरिरहेको भन्दै आज काठमाडौँ परिसरमा गएर तत्काल सुरक्षा र निष्पक्ष अनुसन्धानको माग गरेकी छन्।
यस घटनाले नेपालमा खोज पत्रकारिता गर्ने पत्रकारहरू अझै पनि शक्तिशाली समूहको दबाब, धम्की र हिंसाको जोखिममा रहेको स्पष्ट देखाएको छ।
यदि यस्ता घटनामा कडा कारबाही भएन भने यसले प्रेस स्वतन्त्रता र विधिको शासनमाथि गम्भीर असर पार्ने पत्रकार महासंघको भनाइ छ।
खप्तडटिभीको चार वर्षे खोज पत्रकारितामाथि भएको यो हमला केवल एउटा व्यक्ति वा संस्थामाथिको हमला मात्र होइन, सत्य र जनताको पक्षमा उठ्ने आवाजमाथि गरिएको चुनौतीका रूपमा हेरिएको छ।
साथै खप्तडटिभीका अध्यक्ष तथा सम्पादक गणेश विकले यस घटनाको घाेर आपत्ति जनाएको छ ।
सम्पादक विकले आज एक विज्ञप्ति जारी गर्दै कडा शब्दमा आपत्ति जनाएका छन्। आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनले स्पष्ट चेतावनी दिएका छन् कि पत्रकारमाथि भएको यो हमला लोकतन्त्र, विधिको शासन र नागरिकको सूचना पाउने अधिकारमाथिको सीधा आक्रमण हो।
सम्पादक विकले भनेका छन्:- यदि यस्तो घटनामा राज्य संयन्त्र मौन रह्यो भने अपराधीहरू झन् शक्तिशाली बन्नेछन् र पत्रकारमाथि दमनको खतरनाक परम्परा बस्नेछ।
खप्तडटिभीका माग
घटनाको तत्काल उच्चस्तरीय छानबिन संलग्न सबै व्यक्तिलाई कडा कानुनी कारबाही ।
पत्रकार राधिका श्रेष्ठलाई तत्काल सुरक्षा
धम्की दिने व्यक्ति वा समूहलाई तुरुन्त पक्राउ
साथै निष्पक्ष अनुसन्धान नभए देशभरका पत्रकार प्रेस स्वतन्त्रताको पक्षमा उभिनेहरू कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।
कर्नेल र जर्नेल छोराको पावर आतंक : ८२ वर्षीय भूपू प्रहरी बाबु २६ दिन हिरासतमा !



























