सिरहा।कमला सिँचाइ कार्यालयले ७० बिघामा सेवा सुरू गर्दै नयाँ बोरिङ प्रणालीको शुभारम्भ गरेको छ।
मधेस प्रदेश समृद्धि कार्यक्रम अन्तरगत सिचाइ कार्यालयले सिरहाको गोलबजार नगरपालिका-२ निपनियामा जडान गरिएको डिप बोरिङ सन्चालनमा आएको छ।
खडेरीले रोपाइँ गर्न नपाएका किसानको लागि सहायार्थ गोलबजार नगरपालिका-२ निपनिया स्थित रु ७० लाखको लागतमा डिप बोरिङ को साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ ।
कमला सिँचाइ कार्यालयका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ। बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरेका छन्। उद्घाटनसँगै स्थानीय किसानहरु उत्साहित भएका छन्।





























