गृहमन्त्री बालकृष्ण खाणका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टंक कार्की सुन तस्करी विवादमा मुछिएका छन् । तस्करीको सुन लुकाएको आरोपमा उनले एक व्यक्तिलाई थुनाएर पैसा लिएको आरोप लागेको छ ।
याे पनि…
- गृहमन्त्री खाणका पिएसओ सुन तस्करीमा संलग्न भएको समाचार आएपछि प्रहरीले थाल्यो अनुसन्धान
- गृहमन्त्री खाणका पिएसओकाे बाहिरियाे यस्ताे कालाे कर्तुत
त्यससम्बन्धि उजुरी परेपछि उनीमाथि छानबिन सुरु भएको छ । कार्कीलाई पीएसओको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।
डिएसपीको नेतृत्वमा उनीमाथि छानबिन थालिएको छ ।
गत असारमा दुबईबाट आएका पाँच व्यक्तिले ५० ग्रामका दरले ल्याएको सुन फिर्ता नगरेपछि भएको विवादमा गृहमन्त्रीका पिएसओ जोडिएका हुन् । जसमा उनले चितवनका एक व्यक्तिलाई पक्राउ गरी त्यो सुन बराबरको पैसा फिर्ता दिन दबाब दिएका हुन् ।
करिब २० लाख रुपैयाँ बराबरको तस्करीको सुन चार जनाले गायब बनाएपछि तस्करका नाइकेले गृहमन्त्रीका पिएसओ कार्कीलाई प्रयोग गरी सार्वजनिक मुद्दामा थुनाएर पैसा असुलेका हुन् । स्रोतका अनुसार सुन तस्करी गर्ने व्यक्तिमाथि छानबिन सुरु भएको छैन ।
सचिवालयका स्वकीय सचिव नरेन्द्र केसी मानव बेचबिखनमा संलग्न घटना आरोप जोगाउन लागेका छन् । दृष्टिन्युजका अनुसार स्वकीय सचिव नरेन्द्र केसीले धर्मपुत्रीका रुपमा मानव तस्करी गर्ने समूह लगाउन लागिपरेका छन् ।
शनिबार जाजरकोटकी एक १४ वर्षीया बालिकालाई बेलायती दम्पत्तिले अवैध रुपमा स्वीजरल्याण्ड लैजान खोजेका थिए । तर, अध्यागमनले रोकेर उनीहरुलाई प्रहरीमा बुझाएको थियो । प्रहरीले आइतबार अभद्र व्यवहारसम्बन्धि कसुरमा उनीहरुलाई म्याद थप गरेको छ । तर, आइतबार नै ती दम्पतीलाई छुटाउन केसीले विभिन्न निकायमा फोन गरी दबाब दिएका थिए । काठमाडौंका सिडिओ गोविन्द रिजाललाई फोन गरी म्याद नै नथप्न दबाब दिएका थिए । दबाबकै कारण सिडिओ रिजालले दुई दिनको मात्र म्याद दिएको स्रोत बताउँछ ।
नेपालमा धर्मपुत्रपुत्री बनाएर विदेश लैजान प्रतिबन्ध छ । जसकारण यो मानव बेचबिखन भएको प्रष्ट हुँदा पनि उनकै चलखेलका कारण प्रहरीले त्यसतर्फ आँट गरेको छैन । स्रोतका अनुसारमा काठमाडौंमा अनाथालय चलाएर बालबालिका तस्करी गर्ने गिरोह यसमा सक्रिय छ ।
धर्मपुत्रपुत्री बनाएर लैजान बन्द गरेपछि सो गिरोहले बिद्यालयमा पढाउने नाममा यूरोपियन देशमा बालबालिकाको तस्करी गर्दै आएको छ । विगतमा पनि पक्राउ परेका जोन खड्का नामक व्यक्ति यसको पर्दापछाडी छन् । पक्राउ परेका म्याथु हर्लीले यूरोपमा यससम्बन्धि सेटिङ मिलाउँदै आएका छन् । यही कामका लागि उनी वर्षमै २–३ पटक नेपाल आउने गरेका छन् ।
मानव बेचबिखनमा अनुसन्धान हुँदा ठूलो गिरोह फन्दामा पर्ने भएकाले मन्त्रीनिकट व्यक्तिहरूलाई जोगाउन सक्रिय भएको हो ।
स्रोतका अनुसार उनीहलाई विमानस्थलबाट जान दिन पनि गृहकै एक कर्मचारी विमानस्थल पुगेका थिए ।
सो गिरोहले गृहमन्त्रीका स्वकिय सचिवलाई नै प्रभावमा पार्न सफल भएको छ ।
यी घटनाले गृहमन्त्रीकै सचिवालय अवैध धन्दाको अखडा बन्दै गएको प्रष्ट भएको छ ।